काठमाडौं - नेपालको इतिहासमा जनार्दन शर्मा यस्ता अर्थमन्त्री बनेका छन्, जसले काण्डैकाण्डको रेकर्ड नै बनाएका छन् । अर्थमन्त्री बनेको एक वर्षमै शर्माकै कारण देशको आर्थिक अवस्था टाट पल्टिने दिशामा अगाडि बढेको छ ।
भ्रष्टाचार, अनियमितता, कमिसन, महँगीले चुचुरो पार गरिसकेको छ । पटकपटक विवादमा आइरहेका माओवादी केन्द्रबाट सिंहदरबार छिरेका अर्थमन्त्री शर्मालाई हटाउन ६ महिनाअघिबाटै दबाब परे पनि अहिलेसम्म उनी टिकिरहेका छन् ।
जबसम्म उनी अर्थमन्त्रीमा रहन्छन्, तबसम्म देशको अवस्था अधोगतितिर जाने निश्चित छ । विभिन्न काण्डमा विवादमा आएपछि उनलाई हटाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको बताइएको छ ।
केही समयअगाडि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि दोष थुपारेर अर्थमन्त्री शर्मा उम्किन लागेका थिए । तर निलम्बन भइसकेका गभर्नर सर्वोच्चको आदेशसँगै उनी पुनः राष्ट्र बैंक छिरेका थिए ।
अधिकारी राष्ट्र बैंक फर्केपछि शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने थियो, तर अहिलेसम्म उनी लाज पचाएर बसेका छन् । अहिले फेरि शर्मा अर्को गम्भीर नैतिक संकटमा परेका छन् ।
अर्थ मन्त्रालयको सिसिटिभी डिलेट गरेका कारण उनीमाथि राजीनामाको नैतिक दबाब परेको छ । बजेट बनाउने बेला बाहिरिया खेताला ल्याएको समाचार सार्वजनिक भएपछि शर्मामाथि कारबाही गर्नुपर्ने आवाज उठेको छ ।
तर, उनी बडो सानका साथ कुर्सीमा बसिरहेका छन् । लघु बीमालगायतका करोडौंका अनि स्टक एक्सचेन्ज जस्तो अर्बौको चलखेल गरी नेप्से टाट पल्टाउने योजनामा शर्मा लागिपरेका छन् ।
निजी क्षेत्रलाई छुट्टै स्टक एक्सचेन्ज खोल्ने अनुमति दिँदा पाँच अर्बको खेल भइरहेको बुझिएको छ । त्यसैले त्यो काम फत्ते नभइञ्जेल शर्मा अर्थमन्त्रीबाट नहट्ने बताइन्छ । चुनाव खर्च जुटाउन पनि माओवादीले शर्मालाई थमौती गर्न चाहेको स्रोतले बतायो ।
कांग्रेस महामन्त्री गगन थापादेखि नागरिक अगुवा डा.गोविन्द्र केसी, सुशीला कार्की, केदारभक्त माथेमालगायतले उनको राजीनामा मागिसकेका छन् । एमालेले त संसदीय समिति गठन गरेर अर्थमन्त्री शर्मामाथि कारबाही गर्नुपर्ने माग गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।