आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेखर कोइराला किन चाल्दैछन् कांग्रेसका लागि आत्मघाती कदम ?

शेखर कोइराला किन चाल्दैछन् कांग्रेसका लागि आत्मघाती कदम ?

  • मिडिया डबली
  • सोमवार, आषाढ २० २०७९

  • 9.6K
    SHARES

  • शेखर कोइराला किन चाल्दैछन् कांग्रेसका लागि आत्मघाती कदम ?

    काठमाडौं - ६ महिनाअघि सम्पन्न नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा पराजित भएपछि डा.शेखर कोइराला मौन जस्तै थिए ।

    यद्यपि स्थानीय तहको निर्वाचनअघि उनले केही सक्रियता बढाएका थिए । उनी पार्टी सभापति शेरबहादुर देउवालाई काउन्टर दिन गठबन्धन गर्न नहुने पक्षमा उभिए ।

    उनले आफूसँगै निकट नेताहरूलाई पनि त्यही बाटोमा उभ्याए । तर, जब गठबन्धन नहुँदा एमालेले वाम एकता गरी २०७४ को निर्वाचनमा जस्तै कांग्रेसलाई एक्ल्याउने रणनीति उनले थाहा पाए, त्यसपछि भने देउवाकै लाइनमा उनी उभिए ।

    यतिबेला फेरि शेखर गुटको भेलामा लागेका छन् । पुराना कांग्रेसका नेताहरूसँग भेटघाट गरिरहेका छन् । शेखरको यो सक्रियता संस्थापन इतर समूहमा सर्वस्वीकार्य नेता बन्ने उद्देश्य भएको सबैले बुझेकै छन् ।

    किनभने रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा.शशांक कोइराला इतर समूहका नेता बन्ने दौडबाट करिब करिब बाहिरिसकेका छन् ।

    त्यसैले पनि शेखरले दह्रोसँग संस्थापन पक्षलाई चुनौती दिने गरी अभियान अघि बढाइरहेका छन् । शेखरलाई उपसभापति धनराज गुरुङ, डा.मिनेन्द्र रिजाल, बलबहादुर केसीलगायतको साथ र समर्थन छ ।

    तर, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेसमा विभाजन ल्याउन शेखरले अहिले गतिविधि अघि बढाइरहेको बुझाई संस्थापन पक्षको छ ।

    कतिसम्म भने शेखर पक्षले आगामी निर्वाचनमा देउवालाई कमजोर बनाउन एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गर्ने रणनीतिसमेत बनाएको समाचार बाहिर आउन थालेका छन् ।

    यसले आमकांग्रेसीलाई नै अन्योल बनाएको छ । कांग्रेस सभापति देउवा एमालेलाई साइजमा राख्न माओवादी केन्द्र र एकीकृत समाजवादीसँग गठबन्धन गरी चुनावमा होमिने पक्षमा छन् । तर, शेखर भने ठीक उल्टो एमालेसँग सहकार्य गरेर जानुपर्ने पक्षमा छन् ।

    बाहिर आएको हल्लालाई निवारण गर्ने मुख्य दायित्व शेखर समूहकै हो । नत्रभने एउटै पार्टीले दुईथरी रणनीति अख्तियार गरेमा त्यो निकै आत्मघाती सावित हुने विश्लेषकहरूको ठम्याइँ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ १५ २०७९०८:४३:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend