काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्। असार २१ गते मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
पौडेलका अनुसार पदाधिकारी बैठकमा तीन विषयमाथि छलफल हुनेछ। समसामयिक राजनीति, केही भ्रातृ संस्थाका विधान टुंग्याउने र केन्द्रीय समितिका लागि एजेन्डा तय गर्नेबारे पदाधिकारी बैठकमा छलफल गरिने उनले जानकारी दिए।
कांग्रेसले असार २७ गतेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। यो बैठकमा चुनावी समीक्षा पनि हुनेछ। कांग्रेसमा पदाधिकारी संख्या १४ छ। तर कोषाध्यक्ष मनोनीत हुन बाँकी छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।