आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेखर समूह गर्यो कांग्रेस माथि घात, यस्तो निर्णयले कांग्रेसलाई पुर्याउनेछ घाट!

शेखर समूह गर्यो कांग्रेस माथि घात, यस्तो निर्णयले कांग्रेसलाई पुर्याउनेछ घाट!

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १७ २०७९

  • 8.5K
    SHARES

  • शेखर समूह गर्यो कांग्रेस माथि घात, यस्तो निर्णयले कांग्रेसलाई पुर्याउनेछ घाट!

    काठमाडौं । नेपाली कांग्रेसका डा. शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवा सत्ता गठबन्धनको सभापति बनेको निष्कर्ष निकालेको छ। शुक्रबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको समूहको बैठकले देउवा कांग्रेसकोभन्दा पनि गठबन्धनको सभापति भएको निष्कर्ष निकालेको हो। बैठकले देशभर सभापति देउवाविरुद्ध दबाब अभियान चलाउने निर्णय गरेको छ। 

    बैठकपछि बोल्दै शेखर समूहका नेता गोविन्दराज पोखरेलले भने, ‘अहिले सभापतिजी कांग्रेसको भन्दा पनि गठबन्धनको भएर हिँड्नु भएको छ। उहाँले पार्टी भित्रै ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको पनि सभापति हुँ भन्‍ने अनूभूती दिलाउन सक्नुभएको छैन। हामीले हरेक प्रदेश, जिल्ला र स्थानीय तहमा दबाब अभियान चलाउने निर्णयमा पुगेका छौं।’

    सरकारका नराम्रा कामको विरोध गर्ने पनि उनले बताएका छन्। उनले थपे, ‘हाम्रो उद्देश्य पार्टी बलियो बनाउने हो। सरकार र पार्टीले गरेका नराम्रा कामलाई विरोध गर्ने हो। हामी समानान्तर समिति बनाउँदैनौं। सभापति कांग्रेसको हुन पर्‍यो, गठबन्धनको होइन।’

    प्रधानमन्त्रीसमेत रहेका देउवाले सरकार सञ्‍चालन र जनजिविका, मल, विकास खर्चको कुरा, लगानीको वातावरण बनाउने कुरा, अर्थतन्त्रका सूचक राम्रो बनाउने कुरामा वाचा अनुसार पुरा नभएको विषयमा पनि छलफल भएको उनले बताए। 

    राजस्व अनुसन्धान, सम्पत्ति सुद्धिकरण, राष्ट्रिय अनुसन्धान विभाग लगायत प्रधानमन्त्रीको मताहतबाट हटाउने भनेर हामीले राजनीतिक प्रतिबद्धता व्यक्त गरिए पनि अझै प्रधानमन्त्री कार्यालय मताहत राखिएको भन्दै सभापति देउवाको आलोचनासमेत गरिएको थियो। 

    बजेट बनाउने विषयदेखि अन्य कुरामा आर्थिक सुशासनको अहिलेको सरकारले खिल्ली उडाइएको शेखर समूहको निष्कर्ष छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४५:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend