बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

जहिल्यै उडन्ते गफ दिने ओलीको ‘असार १७’ उथलपुथल हुने भविष्यवाणी मिल्ला त ?

जहिल्यै उडन्ते गफ दिने ओलीको ‘असार १७’ उथलपुथल हुने भविष्यवाणी मिल्ला त ?

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १७ २०७९

  • 6.3K
    SHARES

  • जहिल्यै उडन्ते गफ दिने ओलीको ‘असार १७’ उथलपुथल हुने भविष्यवाणी मिल्ला त ?

    काठमाडौं - एमाले अध्यक्ष केपी ओलीले वैशाख २६ गते एउटा भविष्यवाणी गरे ।

    उनले असार १७ गते नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार नरहने र गठबन्धनसमेत भत्किने दाबी गरेका थिए। स्थानीय चुनावको मुखमै ओलीले देउवा सरकार र गठबन्धनको भविष्यवाणीबारे कतिपयले उडाएर टारे भने कतिपयले उत्साहका साथ लिए ।

    तर स्थानीय चुनाव निम्तिएकाले सबै निर्वाचनतर्फ नै केन्द्रित भए । तर, असार १७ गते आइपुग्दा न देउवा सरकार ढल्यो, न ढल्ने संकत नै देखिएको छ । सत्तारुढ गठबन्धन पनि कायमै छ ।

    देशकै ठुलो पार्टीका अध्यक्ष र पूर्व प्रधानमन्त्रीजस्तो व्यक्तिले कुन आधारमा मिति नै तोकेर त्यस्तो भविष्यवाणी गरे भन्ने प्रस्ट हुन सकेको छैन । एक टेलिभिजनसँगको ‘टक शो’ कार्यक्रममा ओलीले देउवा सरकार नरहने र गठबन्धनसमेत भत्किने बताएका थिए ।

    ‘शेरबहादुरजी ज्योतिषमा बडो विश्वास गर्नुुहुन्छ । यो असार महिना नेपालको राजनीतिमा उलटफेरवाला महिना छ । उहाँले आफ्नो ज्योतिषलाई बोलाएर सोधे हुन्छ । नेपालको राजनीतिमा उलटफेर भई समीकरणहरू भताभुङ्ग हुने, एउटाले एउटा खाँबो बोक्ने, अर्कोले अर्को बलो बोकेर हिँड्ने हुनेछ,’ ओलीले भनेका थिए । उनले स्थानीय चुनावको एक महिनापछि ग्रहदशाको दृष्टिकोणले असाधारण अवस्था भएको बताएका थिए ।

    ‘आफैले भताभुंग पार्ने स्थिति छ । शेरबहादुरजीलाई आग्रह गर्दछु, ज्योतिषलाई बोलाएर सोध्नुस् । असार १७ गते कस्तो दिन छ ?’ ओलीले भने, ‘आफू म ज्योतिष होइन । ज्योतिष बोलाएर सोध्नुस्, असार १७ गतेले के भन्छ रु म चाहन्छु १७ गतेपछि यो गठबन्धन कायम होस्, अगाडि जाओस् ।’

    पार्टीका सार्वजनिक कार्यक्रममा समेत असार १७ गतेका लागि आफूले गरेको भविष्यवाणीको उनले व्याख्या गरे । ओलीको भविष्यवाणीले एमालेका कार्यकर्ता उत्साहित देखिन्थे भने विरोधीहरू उनका कुरालाई उडाएर सामाजिक सञ्जाल रङ्ग्याउन व्यस्त देखिन्थे ।

    ओलीले भविष्यवाणी गरेजस्तो असार १७ सम्म आइपुग्दा सत्तारुढ गठबन्धन टुट्ने कुनै आधार देखिएको छैन । आज केही मन्त्री भने हेरफेर हुने सम्भावना देखिएको छ । जसपाका मन्त्री हेरफेर गर्ने विषयमा गठबन्धनमा छलफल हुने भएको छ ।

    यसका लागि अहिले हात्तीवनस्थित एक अपार्टमेन्टमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भइरहेको छ ।

    बागमती प्रदेश सरकार परिवर्तन चल्ने हल्लाबीच सत्तारुढ गठबन्धनकै तीन घटक माओवादी, एकीकृत समाजवादी र जसपाका अध्यक्षबीचको छलफललाई लिएर धेरैतिर चासो भने उत्पन्न भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend