बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केपी ओलीले यसरी बोले सफेद झुट, चौतर्फी आलोचना 

केपी ओलीले यसरी बोले सफेद झुट, चौतर्फी आलोचना 

  • मिडिया डबली
  • मंगलवार, आषाढ १४ २०७९

  • 30.2K
    SHARES

  • केपी ओलीले यसरी बोले सफेद झुट, चौतर्फी आलोचना 

    काठमाडौं । अमेरिकी सैन्य रणनीति अन्तर्गतको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा आफ्ना नाम मुछिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली सेनाप्रति आक्रोश व्यक्त गरेका छन्। अध्यक्ष ओलीले पत्रमा मिति र चलानी नम्बर हातले लेखेको विषयलाई लिएर सेनाप्रति आपत्ति जनाएका हुन्।

    उनले भने, 'एसपीपी सम्बन्धमा म प्रधानमन्त्री हुनुभन्दा अघिको पत्र हुनुसक्छ, चलानी नम्बरमा ८५ पनि हातले लेखेको छ। पहिलेको हटाएर, पठाएको मितिमा पनि २७ अक्टोबर लेखेको छ, हातले। सबै टाइप छ, पछि हातले किन लेख्नु पर्छरु टिपेक्स लगाएर मेटाएर हातले लेखेको स्पष्ट छ। हातले नलेखेको पत्र निकाल्न म सरकारलाई भन्‍न चाहान्छु।'

    नेपाली सेनाले तत्कालीन प्रधानमन्त्री ओलीको निर्देशनमा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पठाएको पत्र आधिकारिक भएको बताइसकेको छ। अध्यक्ष ओलीले अमेरिकी दूतावासले पनि यसबारे सत्य बोल्‍नुपर्ने बताएको छ। मदन भण्डारी फाउन्डेसनले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘यो पत्र म प्रधानमन्त्री नहुँदै एम्बेसीमा पठाइएको थियो। यसबारे सत्य अमेरिकी एम्बेसीले बोलोस् भन्ने चाहान्छु।’

    यसअघि एमालेका सांसदहरूले पनि यो विषयलाई संसदीय समितिमा उठाएका थिए। समितिमा उपस्थित रहेका प्रधान सेनापति प्रभुराम शर्माले तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलको जवाफ दिँदै पत्रमा हस्ताक्षर गर्ने अधिकारीले नै हातले मिति लेख्‍ने चलन भएको बताएका थिए।

    ओलीले भने यसबारे पूर्वसेनापति क्षेत्रीसँग सोध्नुपर्ने प्रतिक्रिया दिएका थिए। ओलीले भनेका छन्, ‘त्यस समयमा प्रधान सेनापति राजेन्द्रबहादुर क्षत्री जीवितै अमेरिकामा हुनुहुन्छ। उहाँसँग सोधे हुन्छ नि त। त्यस समयको रक्षामन्त्री र प्रधानमन्त्रीलाई बताउनु भएको थियो कि थिएन? नेपाली सेनाले बतायो कि बताएन? त्यो बताएको भए सेनाले पत्राचार गर्ने कुरा सरकारले रोक्थ्यो। सेनालाई एम्बेसीलाई पत्र लेख्ने कुरामा रोक्थ्यो।’

    सरकारले भने ओली सरकारको पालामा माग भएको एसपीपी खारेज गर्ने र यसबारे अमेरिकालाई पत्राचार गर्ने निर्णय गरिसकेको छ। ओलीले भने यसअघि एसपीपीमा ओलीले आफूले नभएर आफूअघिका प्रधानमन्त्री सुशील कोइरालाले नै एसपीपीमा जाने विषयमा निर्णय गरेको आरोप लगाएका थिए। तर, पछि पत्र सार्वजनिक भएपछि भने नेकपा एमालेले यसबारे खासै टिप्पणी गरेको थिएन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend