आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

अर्थमन्त्री जनार्दन शर्मा चुनावसम्म रहिरहे देश खाडलमा, अर्थविद्हरूले दिए यस्तो चेतावनी

अर्थमन्त्री जनार्दन शर्मा चुनावसम्म रहिरहे देश खाडलमा, अर्थविद्हरूले दिए यस्तो चेतावनी

  • मिडिया डबली
  • मंगलवार, आषाढ १४ २०७९

  • 5.5K
    SHARES

  • अर्थमन्त्री जनार्दन शर्मा चुनावसम्म रहिरहे देश खाडलमा, अर्थविद्हरूले दिए यस्तो चेतावनी

    काठमाडौं -  यतिबेला देशको अर्थतन्त्र तहसनहस भएको छ । पुँजीबजार आधा घटेको छ । महँगी चरम विन्दुमा पुगेको छ । बजारमा अराजकता बढेको छ ।

    बैंक तथा वित्तीय संस्थाहरूले मनपरी ब्याज असुलिरहेका छन् । यी सबै हुनुको मुख्य कारण सक्षम अर्थमन्त्री नभएर हो । यसमा देशका अधिकांश जनता सहमत छन् । प्रायः ठूला दलले अहिलेका अर्थमन्त्रीलाई तुरुन्त् हटाउनुपर्ने बताइरहेका छन् ।

    एमालेले त संसदमै अर्थमन्त्री शर्माको राजीनामा माग गरिसकेको छ । अर्थमन्त्री शर्माले संसदमा सम्बोधन गर्दा एमाले सांसदले बहिष्कार गर्ने गरेका छन् । देशको बजेट बनाउँदा बिचौलिया राख्ने, स्वास्थ्य बिमाको साढे सात अर्बमा भ्रष्टाचार गर्ने नियत शर्माले राखेपछि उनको राजीनामा माग गर्न थालिएको हो ।

    माओवादी केन्द्रमै पनि अर्थमन्त्री शर्मालाई हटाएर नयाँलाई जिम्मेवारी दिनुपर्ने आवाज उठिरहेको छ । जसको नेतृत्व वर्षमान पुनले लिइरहेका छन् । यसैक्रममा देशका चर्चित अर्थविद्हरूले पनि अर्थमन्त्रीलाई हटाउन दबाब दिएका छन् ।

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको पछिल्लो राजनीतिक र आर्थिक विषयमा गरेको छलफलमा अर्थविद्हरूले यस्तो सुझाव दिएका हुन् ।अर्थविद्हरूले मुलुक आर्थिक र राजनीतिक रुपमा कुनैपनि समय दुर्घटनामा पर्न सक्ने चेतावनी दिँदै वर्तमान अर्थमन्त्री शर्मालाई नहटाइ चुनावमा जान नसकिने सुझाव दिएका हुन् ।

    छलफलमा कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल, पूर्वमुख्यसचिव डा. विमल कोइराला, अर्थविद् अच्युत वाग्ले, राजनीतिक विश्लेषक पुरञ्जन आचार्य र व्यवसायी नरेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो ।

    छलफलका क्रममा अहिलेको अवस्था सृजना हुनुमा अर्थमन्त्री शर्माको प्रमुख हात रहेकोले उनलाई तत्काल बर्खास्त गर्न आवश्यक रहेको बताउँदै उनीहरूले कोइरालालाई यस विषयमा पार्टीभित्र स्पष्ट अडान राख्न आग्रहसमेत गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ४ २०७८०७:४७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend