आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमाले जिताउने सिन्धुलीका ६ जना कांग्रेसका अन्तरघातीहरूले भेटे राम धुलाई 

एमाले जिताउने सिन्धुलीका ६ जना कांग्रेसका अन्तरघातीहरूले भेटे राम धुलाई 

  • मिडिया डबली
  • शनिवार, आषाढ ११ २०७९

  • 13.9K
    SHARES

  • एमाले जिताउने सिन्धुलीका ६ जना कांग्रेसका अन्तरघातीहरूले भेटे राम धुलाई 

    मन्थली । नेपाली कांग्रेसका प्रदेश कार्यसमितिका सदस्य प्रदीप रोकाले कार्यकर्तालाई कुटपिट गरेर घाइते बनाएका छन् ।
    शनिबार रामेछापको मन्थली नगरपालिका–३ मा रोकाको कुटपिटबाट ६ जना कार्यकर्ता घाइते भएका हुन् । मन्थली नगरपालिका वडा नं. ३ मा चुनावी समीक्षा कार्यक्रममा आएका कांग्रेस नेता रोकाले अन्तरघातीहरू नेता कार्यकर्तामाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

    कुटपिटबाट कांग्रेस नेता युवराज भट्टराई, केशवकुमार रोका, सन्तोष भट्टराई, नारायण भट्टराई, राजन रोका, किरण बोगटी लगायत घाइते भएका छन् । उनीहरूलाई रोकाले अन्तरघातीको आरोप लगाएका छन् । कांग्रेस हराउन यी ६ जना नेता कार्यकर्ताको ठूलो भूमिका रहेको आरोप छ ।

    नेता रोकाले युवराज भट्टराई लगायत कार्यकर्तालाई अन्तरघातीको संज्ञा दिँदै उनीहरूकै कारण वडा र नगरको निर्वाचनमा पराजित हुनु परेको आरोप लगाउँदै कुटपिट गरेका हुन् ।

    वडा सदस्यमा पराजित राजन रोकाले नेता रोकाले जे पायो त्यसैले प्रहार गरेको बताएका छन् । कुटपिटमा घाइते भएकाहरू तामाकोसी अस्पतालमा सामान्य उपचारपछि घर फर्केका छन् ।

    प्रहरी नायव उपरीक्षक राजकुमार थिङले कुटपिटमा संलग्न कांग्रेस नेता रोकालाई प्रहरीले हिरासतमा लिएको बताए ।
    रामेछापमा कांग्रेसको किल्ला भनेर चिनिने कठजोरमा स्थानीय तहको निर्वाचनमा एमाले विजयी भएको छ ।
    अपत्यारिलो हार भएको भन्दै वडामा कांग्रेसले समीक्षा बैठकको आयोजना गरेको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४५:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend