आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

म‍ाधव नेपालले फेरी खाने भए तीन बल्ड्याङ, देउवालाई पोल लगाउन बालुवाटार पुगे तीन मन्त्री 

म‍ाधव नेपालले फेरी खाने भए तीन बल्ड्याङ, देउवालाई पोल लगाउन बालुवाटार पुगे तीन मन्त्री 

  • मिडिया डबली
  • शनिवार, आषाढ ११ २०७९

  • 3.8K
    SHARES

  • म‍ाधव नेपालले फेरी खाने भए तीन बल्ड्याङ, देउवालाई पोल लगाउन बालुवाटार पुगे तीन मन्त्री 

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का तीन मन्त्रीहरू प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटका लागि बालुवाटार पुगेका छन्। पार्टीले मन्त्रीहरूलाई फिर्ता बोलाउन निर्णय गरेपछि विवाद चुलिँदै गएपछि मन्त्रीहरू भने आफूहरुलाई नहटाउनका लागि प्रधानमन्त्रीसँग आग्रहका बालुवाटार पुगेको बताइएको छ। 

    बालुवाटार पुग्ने मन्त्रीमा हस्ताक्षर फिर्ता नलिने तीन जना मन्त्री छन्। स्वाथ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ आफूहरुको माग र अडान पुरानै भएको दोहोर्‍याउन बालुवाटार पुगेको स्रोतको दाबी छ। उनीहरुसँग निरा जैरुसहित केही सांसद पनि रहेको बताइएको छ। 

    मन्त्रीहरू हेरफेरको विरोध गर्दै नेकपा एसका चार मन्त्रीसहित १० सांसदले अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे मागसहित दिएको पत्र बुझाएका थिए। उक्त पत्रमा हस्ताक्षर गर्ने केही  सांसदले भने आफ्नो हस्ताक्षर फिर्ता लिएका छन्। 

    बजेट पारित भएपछि मन्त्रीहरू हेरफेर गर्न, गैरसांसदलाई मन्त्री बनाउन नहुने, एउटै जिल्लाका दुई जनालाई मन्त्री बनाउन नहुने तथा नयाँ बन्ने मन्त्रीमा महिलालाई पनि सहभागी गराउनुपर्ने उनीहरुको आग्रह छ। अध्यक्ष नेपाललाई लेखेको पत्रमा पर्यटनमन्त्री प्रेम आलेसहित ६ जनाले हस्ताक्षर फिर्ता लिएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend