काठमाडौं । भारतबाट २५ सय मेट्रिक टन युरिया मल विरगञ्ज भन्सार कार्यालय आइपुगेको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले भारतबाट ल्याउदै गरेको कुल २४ हजार ५०० मेट्रिक टन मध्ये २ हजार ५०० मेट्रिक टन मल विरगञ्ज आइपुगेको हो ।
बिहीबार मात्र विरगञ्ज आइपुगेको उक्त मल आजै जाँच पास भएर साल्टका विभिन्न क्षत्रीय तथा प्रादेशिक डिपोहरूमा वितरण भइसकेको छ।
बाँकी २२ हजार मेट्रिक टन मल पनि कल्कत्ता आइपुगिसकेको र अबको साता दिनमा सो मल समेत नेपाल भित्रिसक्नेछ। थप ४ लाख ४० हजार बोरा अर्थात् २२ लाख मेट्रिक टन मल समेत छिट्टै आइपुग्ने छ ।
यस्तै, यता विराटनगर भन्सार हुँदै केही रासायनिक मल समेत आयात हुँदै छ। कुल आयातको ३० प्रतिशत मलको जिम्मा साल्ट ट्रेडिङले पाएको हो । बाँकी ७० प्रतिशत मल आयात भने यता कृषि सामाग्री कम्पनी लिमिटेडले गर्नेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।