आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रवादको ढोल पिट्ने कम्युनिस्टहरुको मुखमा लाग्यो बुझो, एसपीपी अस्विकार गर्न पत्र लेख्ने देउवा सरकारको निर्णय

राष्ट्रवादको ढोल पिट्ने कम्युनिस्टहरुको मुखमा लाग्यो बुझो, एसपीपी अस्विकार गर्न पत्र लेख्ने देउवा सरकारको निर्णय

  • मिडिया डबली
  • सोमवार, आषाढ ६ २०७९

  • 6.0K
    SHARES

  • राष्ट्रवादको ढोल पिट्ने कम्युनिस्टहरुको मुखमा लाग्यो बुझो, एसपीपी अस्विकार गर्न पत्र लेख्ने देउवा सरकारको निर्णय

    काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विवादित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेर पत्र लेख्ने निर्णय गरेको छ। बैठकले अमेरिकाले प्रस्ताव गरेको उक्त सम्झौता अस्वीकार गर्ने निर्णय गरेको एक मन्त्रीले बताए।

    यो सम्झौतालाई लिएर राजनीतिक दलहरूबीच विवाद थियो। उक्त सम्झौताको मस्यौदा भनिएका १० बुँदा सार्वजनिक भएपछि नेपालमा विवाद सुरु भएको थियो। यो सम्झौताका लागि पहिलो पटक सन् २०१५ मा नेपाली सेनाले पत्र लेखेको थियो। 

    अमेरिकासँग सैन्य परियोजना मागेर ओलीले यसरी डुबाएका रहेछन् नेपाललाई, खुलासा भएपछि चौतर्फी हंगामा 

    नेपालले स्टेट पार्टनरसिप प्रोग्राममा सामेल हुन लागि आग्रह गरेपछि अमेरिकाले सम्झौताको प्रस्तावको मस्यौदा पठाएको अमेरिकी दूतावासले प्रष्ट पारेको छ।  

    काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल पी। मिकलरले बुधबार पत्रकारहरुसँग कुरा गर्दै भने, ‘नेपालले सन् २०१५ र २०१७ मा निवेदन दिएपछि हामीले सन् २०१९ मा अनुरोध स्वीकार गर्‍यौं।’ 

    अमेरिकाले सन् २०१९ मा उटाह नेशनल गार्डसँग सहकार्य गर्ने गरि उक्त अनुरोध स्वीकारेको उनले बताएका छन्। नेपालले एसपीपीका लागि सन् २०१५ र २०१७ मा दुबै पटक पत्राचार गर्दा नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री थिए। क्षत्रीले नेपाल सरकारको स्वीकृति लिएर रक्षा र परराष्ट्र मन्त्रालयलाई बोधार्थ पत्र पठाउँदै अमेरिकालाई एसपीपीको लागि पत्राचार गरेको खुलेको छ। तर, नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले भने एसपीसीको सम्बन्धमा सेनालाई केही थाहा नभएको उल्लेख गर्दै आएका छन्।

    उपप्रमुख मिकलरले एसपीपीका लागि अमेरिकाले कुनै पनि दबाब नदिएको पनि प्रष्ट पारेका छन्। उनले भने, 'एसपीपी कुनै 
    पनि एलायन्स होइन। र, यो कुनै पनि मुलुकविरुद्ध प्रयोग हुने होइन।' 

    २५ वर्षअघि अस्तित्वमा आएको एसपीपी अहिले विश्‍वका ८० भन्दा बढी मुलुकसँग सहकार्य गरिएको छ। केही सञ्चारमाध्यमहरुमा एसपीपीको बारेमा सार्वजनिक भएको प्रस्तावित दस्तावेज गलत भएको पनि उनले दाबी गरे। उनले स्वतन्त्र रुपमा रहेको एसपीपीले अमेरिकाको द्विपक्षीय सम्बन्ध, जनताबीचको सम्बन्ध, कूटनीतिक संलग्नता, सेनाबीचको सहकार्य, व्यापार र समान विचारलाई बलियो बनाउने बताए ।

    एसपीपीअन्तर्गत प्राकृतिक प्रकोप, विपद्, भूकम्प, बाढी, आगलागी जस्ता समस्या पर्दा तुरुन्त उद्धार गर्नको लागि अमेरिकी नेशनल गार्डसँग गृहकार्य गर्ने रहेको उनले बताए।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend