आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

‘सेटिङ’ मार्फत अर्थमन्त्री शर्माले साढे सात अर्ब भ्रष्टाचार गर्न खोजेपछि बबन्डर

‘सेटिङ’ मार्फत अर्थमन्त्री शर्माले साढे सात अर्ब भ्रष्टाचार गर्न खोजेपछि बबन्डर

  • मिडिया डबली
  • आइतवार, आषाढ ५ २०७९

  • 10.5K
    SHARES

  • ‘सेटिङ’ मार्फत अर्थमन्त्री शर्माले साढे सात अर्ब भ्रष्टाचार गर्न खोजेपछि बबन्डर

    काठमाडौं - हालसम्मका अर्थमन्त्रीमध्ये जनार्दन शर्मा निकै विवादित र भ्रष्ट छवि भएको विभिन्न घटनाक्रमले पुष्टि गर्दै लगेको छ । आर्थिक ज्ञान शून्य भएका शर्मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै दबाबमा अर्थमन्त्री बनाइएका थिए ।

    शैक्षिक योग्यता नभए पनि देशको ढुकुटीको जिम्मा लिएका शर्माकै कारण अहिले मुलुकको आर्थिक अवस्था डामाडोल बनेको छ । खेताला विज्ञ राखेर बजेट बनाएका शर्माले त्यहीबेला नीतिगत भ्रष्टाचार गरेको तथ्य बाहिर आइसकेको छ ।

    बजेटमा के केमा करको दायरा बढाइँदैछ भनेर उल्लेख गर्नुपूर्व नै उनले व्यापारी व्यवसायीलाई चुहाइसकेको समाचार सार्वजनिक भएका छन् । अहिले स्वास्थ्य बिमा कार्यक्रम निजी क्षेत्रलाई दिएर शर्माले साढे सात अर्ब सिध्याउन खोजेको तथ्य बाहिर आएको छ ।

    २०७२ सालमा सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनको जिम्मा स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य बिमा बोर्डलाई दिइएको थियो । बोर्डको काम प्रभावकारी नै थियो।

    तर, अर्थमन्त्री शर्माले बजेटमार्फत एकाएक बोर्डको अधिकार खोसे र निजी कम्पनीलाई दिने घोषणा गरे। यसका लागि सात अर्ब ५० करोड रुपैयाँ बजेटमा पनि छुट्ट्याए। केही निश्चित निजी बिमा कम्पनीलाई फाइदा पुग्ने गरी ‘सेटिङ’ मार्फत अर्थमन्त्री शर्माले यस्तो व्यवस्था गरेको स्रोतको दाबी छ।

    अर्थमन्त्रीको यो ‘चलखेल’ लाई स्वास्थ्यमन्त्री विरोध खतिवडाले यसलाई ठाडै अस्विकार गरिसकेका छन्। विनियोजन विधेयकअन्तर्गत मन्त्रालयमाथि संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा स्वाथ्यमन्त्री खतिवडाले बजेटमा आएअनुसार निजी कम्पनीलाई स्वास्थ्य बिमा कार्यक्रम दिन नसकिने स्पष्ट गरेका छन्। बिमा कम्पनी भनेका निजी हुन्।

    जबकि, सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनी लिमिटेड छ। स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य बिमा बोर्ड छ। तर, सरकारी यी संयन्त्रलाई छलेर एकैपटक अर्थमन्त्रीले निजी कम्पनीमार्फत यो कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए। अर्थमन्त्री शर्माले ‘सेटिङ’ अन्तर्गत स्वास्थ्य बिमा कार्यक्रम निजीलाई दिने व्यवस्था बजेटमा राखेको स्वास्थ्य मन्त्रालयका कर्मचारीको आरोप छ।

    स्वास्थ्य बिमा कार्यक्रमलाई कमाउने भाँडो बनाउन खोजिएको स्रोतको दाबी छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य बिमा बोर्डलाई समाप्त गर्ने गरी अर्थमन्त्रीले निजीलाई स्वास्थ्य बिमा कार्यक्रम दिने घोषणा गरेका हुन्।

    तर, बोर्ड खारेज गरी कम्पनीमार्फत यो कार्यक्रम सञ्चालन नगर्ने अडान स्वास्थ्यमन्त्री खतिवडाले राखिसकेका छन्। स्वास्थ्य बिमा मुलुकभरि पुगिसकेको छ। तर, बिमा कम्पनीको पहुँच सबैतिर छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ४ २०७८०७:४७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend