आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बजेट बनाउन अर्थमन्त्री शर्माले ‘खेताला विज्ञ’ राखेको विषयले हलचल, को हुन् उनी ?

बजेट बनाउन अर्थमन्त्री शर्माले ‘खेताला विज्ञ’ राखेको विषयले हलचल, को हुन् उनी ?

  • मिडिया डबली
  • सोमवार, जेठ ३० २०७९

  • 5.1K
    SHARES

  • बजेट बनाउन अर्थमन्त्री शर्माले ‘खेताला विज्ञ’ राखेको विषयले हलचल, को हुन् उनी ?

    काठमाडौं - नेपालको इतिहासमा जनार्दन शर्मा सर्वाधिक असफल अर्थमन्त्रीका रूपमा स्थापित भएका छन् । देश अहिले चरम आर्थिक मन्दीमा पर्नुमा पनि उनै शर्माको भूमिका महत्वपूर्ण मानिएको छ ।

    ३४ सय विन्दुमा पुगेको सेयर बजार आधामा झर्नु, बजारमा तरलताको अभाव देखिनु, चरम महँगी बढ्नुमा उनकै हात रहेको देखिएको छ । त्यसैले बजेट आउनुअघि नै अर्थमन्त्री हटाउनुपर्ने आवाज उठेको थियो ।

    माओवादी केन्द्रसँगको गठबन्धनका कारण शर्माले कुर्सीको जीवनदान पाइरहे पनि उनले हालै सार्वजनिक गरेको बजेटमा खेताला विज्ञ राखेको विषयले देशभर हलचल मच्चाएको छ । अर्थमन्त्री शर्मा आर्थिक विज्ञ होइनन् ।

    उनी राजनीतिज्ञ हुन् । तर जेठ १५ गते बजेट ल्याउनु अघिल्लो राति उनले अर्थ मन्त्रालयमा खेताला विज्ञ राखेर करको दायरामा व्यापक हेरफेर गरेको तथ्य सार्वजनिक भएको छ ।

    बजेटलाई अन्तिम रूप दिने बेला सचिव मधुकुमार मरासिनी र कृष्णहरि पुष्कर, सहसचिव चक्रबहादुर बुढा (प्रमुख, बजेट तथा कार्यक्रम महाशाखा) सहसचिव भूपाल बराल (प्रमुख राजस्व व्यवस्थापन महाशाखा) अर्थमन्त्री शर्मा सँग एक व्यक्ति थिए। उनको नाम हो रघुनाथ घिमिरे। उनले अर्थ मन्त्रालयकै भन्सार विभागबाट २०७५ फागुन १ गते नायबसुब्बा पदबाट राजीनामा दिएका थिए।

    राष्ट्रिय किताबखानाको अभिलेखअनुसार अर्घाखाँची भूमिस्थान नगरपालिकाका बासिन्दा हुन् रघुनाथ। उनी २०५३ जेठ ८ गते नुवाकोट जिल्ला विकास समितिअन्तर्गत गाविस सचिव (राजपत्र अनंकित द्वितीय श्रेणी) का रूपमा सरकारी सेवामा प्रवेश गरेका थिए।

    त्यही वर्षको चैत १२ गते उनले कर कार्यालय काठमाडौंमा खरिदार पदमा सरुवा मिलाए। गाविस सचिवबाट करमा सोझै पुग्न सक्नुमा उनको राजनीतिक शक्ति कतिसम्म थियो भन्ने स्पष्ट हुन्छ । त्यसयता उनले अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व, भन्सार, राजस्व अनुसन्धान सबै निकायमा काम गरे। २०७५ फागुन १ गते सेवा अवधि करिब १० वर्ष बाँकी रहँदा राजीनामा दिए।

    त्यति बेला उनी भन्सार विभागमा राजपत्र अनंकित प्रथम श्रेणी नायबसुब्बा पदमा थिए। सामान्यतः कनिष्ठ पदका राजस्वका कर्मचारीले सेवा अवधि करिब १० वर्ष बाँकी छँदा राजीनामा गर्दैनन्। उनले अर्थमा हुँदा अकूत सम्पत्ति कमाएको स्रोतले बतायो ।

    त्यस्ता व्यक्तिलाई बजेट फाइनल गर्ने जिम्मा दिएर अर्थमन्त्री शर्माले सेटिङमा काम गरेको अर्थविद्हरूको आशंका छ । ती खेताला विज्ञबारे अहिले अर्थमा खैलाबैला मच्चिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ४ २०७८०७:४७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend