जनकपुरधाम - स्थानीय तहको निर्वाचनको परिणाम विषयमा समीक्षा गर्न बसेको जसपा धनुषाको बैठकमा कुटाकुट भएको छ।
होटल बाबाको ढावामा मंगलवार बसेको जसपाको समीक्षा बैठकमा कुटाकुट भएको हो । बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए ।
बैठकमा भएको कुटाकुटमा तीन कार्यकर्ता घाइते भएका छन् । जसपा सबैला नगर अध्यक्ष बैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादव लगायतका समूहले अन्तरघात गरेको आरोप लगाएका थिए ।
मन्तव्य सकेर बसेलगत्तै उनलाई एक समूहले कुट्न थालेपछि केहिबेर तनाव सृजना भएको थियो। जसपा नेताहरु सिकिन्दर सिंह यादव, अवधकिशोर रविदास र जितेन्द्र मुखिया लगायतले रायमाथि मुक्का बर्साएका थिए । पछि उनीहरुलाई बैठकबाट निकालेपछि अबस्था साम्य बनेको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।