बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

घनश्यामपछि एमालेका यी नेतामाथि कारबाहीको डण्डा चलाउँदै ओली

घनश्यामपछि एमालेका यी नेतामाथि कारबाहीको डण्डा चलाउँदै ओली

  • मिडिया डबली
  • बुधवार, जेठ २५ २०७९

  • 7.5K
    SHARES

  • घनश्यामपछि एमालेका यी नेतामाथि कारबाहीको डण्डा चलाउँदै ओली

    काठमाडौं - स्थानीय तहको निर्वाचनमा अन्तर्घातकै कारण पार्टीले धेरै ठाउँमा हारेको भन्दै एमाले अध्यक्ष केपी ओलीले आफूविरोधी नेताहरूमाथि कारबाही थालेका छन् ।

    त्यसको पहिलो सिकार घनश्याम भुसाल भएका छन् । ओलीको आलोचना गरेको भन्दै भुसालमाथि अनुशासन आयोगले कारबाही गरेको हो । जुन विषयले अहिले एमालेमा तरंग सिर्जना गरेको छ ।

    स्थानीय निर्वाचनमा देशभरि भएका अन्तर्घातका रिपोर्ट केन्द्रीय कार्यालयमा पुग्न थालेपछि अध्यक्ष ओलीले ती सबै रिपोर्टलाई बालकोट मगाएर गुपचुप पारिरहेको स्रोतले जनाएको छ ।

    ‘आफ्ना मान्छेलाई जोगाउनका लागि रिपोर्टहरू नै नष्ट पारिँदैछ’, एमाले स्रोतले भन्यो, ‘१० बुँदे पक्षधरमध्ये दुई–तीनजनाबाहेकलाई पन्छाउनुपर्ने उनको एकसूत्रीय अभ्यास छ ।’

    घनश्यामपछि ओलीले पृथ्वीसुब्बा गुरुङसहित केही १० बुँदे पक्षधर नेतालाई कारबाही अगाडि बढाउने सम्भावना रहेको एमाले स्रोतले बताएको छ ।

    पोखरा महागरपालिकाको निर्वाचनमा अन्तर्घातबारे त्यहाँका नेता खगराज अधिकारीले उपमहासचिव पृथ्बीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल र केन्द्रीय सदस्य विष्णु रिजालविरुद्ध उजुरी गरेका छन् ।

    त्यस्ता उजुरी झापा, सुनसरी, मकवानपुर, रुपन्देही, कैलाली, कञ्चनपुरबाट पनि आएका छन् । आरोपितहरू प्रायः ओलीपक्षीय छन् । तर, ती उजुरीहरू नष्ट गर्ने काममा बालकोटको सक्रियता बढेको छ ।

    आफूपक्षीय नेतालाई जोगाउँदै विरोधीमाथि कारबाहीको डण्डा चलाउन ओलीले अनुशासन आयोगलाई निर्देशन दिइसकेको बुझिएको छ ।

    पोखरा महानगरमा एमाले उम्मेदवार कृष्ण थापा पराजित हुनुमा पृथ्वी सुब्बा गुरुङको प्रमुख हात रहेको ओली पक्षले आरोप लगाउँदै आएको छ । थापाअघि त्यहाँको मेयरमा दिपक पौडेललाई उम्मेदवार बनाइएको थियो ।

    तर पौडेललाई सिक्री चोरेको आरोप लगाउँदै उनको टिकट खोसियो । पौडेल पृथ्वी सुब्बा पक्षका नेता हुन् । पृथ्वी सुब्बा पछिल्लो समय माधवकुमार नेपाल समूहसँग एकता गर्नुपर्ने पक्षमा छन् ।

    माधव पक्षसँग लचिलो भएकै कारण ओलीले घनश्यामको राजनीति सिध्याउन लागेका छन् । अब पालो पृथ्वी सुब्बाको रहेको एमाले स्रोतले बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend