आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाललाई देउवाले दिएका रहेछन् यस्तो आश्वसन, खुलासाभएपछि नेकपा एसमा बबण्डर! 

माधव नेपाललाई देउवाले दिएका रहेछन् यस्तो आश्वसन, खुलासाभएपछि नेकपा एसमा बबण्डर! 

  • मिडिया डबली
  • मंगलवार, जेठ २४ २०७९

  • 7.8K
    SHARES

  • माधव नेपाललाई देउवाले दिएका रहेछन् यस्तो आश्वसन, खुलासाभएपछि नेकपा एसमा बबण्डर! 

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई बजेट पारित भएपछि मन्त्री हेरफेर गर्ने आश्वासन दिएका छन् । एकीकृत समाजवादीको सचिवालय बैठकले गत आइतबार मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले बजेट पास भएपछि सोच्न सकिने बताएका हुन् । 

    अहिले विषयगत मन्त्रालयको छलफल जारी छ । विषयगत मन्त्रालयको छलफल सकिएलगत्तै सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिने छन् । त्यसपछि आर्थिक विधेयक पेश भई पारित हुनुपर्ने छ ।

    त्यसपछि मात्रै बजेट पारित गर्ने अन्तिम प्रक्रियामा जाने छ । त्यो समय जेठ महिनाभरिमा सकिने बताएको छ । यदी छलफल लम्बिदै गएमा असार पहिलो सातासम्म पुग्न सक्ने आकलन गरिएको छ । तर, प्रधानमन्त्री देउवाले  बजेट पारितकै प्रक्रियामा भएकाले पास भएलगत्तै मन्त्री हेरफेर गर्ने आश्वासन दिएको एकीकृत समाजवादीका एक मन्त्रीले बताए ।

    मन्त्री हेरफेरको विषय एकीकृत समाजवादीको मात्रै नभएर गठबन्धनको समेत सरोकारको विषय भएकाले मन्त्री फेर्ने विषय सजिलो नभएको ती मन्त्रीको दाबी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २१ २०७९०८:२५:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend