आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस प्रवक्ता महत काठमाडौं–५ बाट चुनाव नलड्ने, यो क्षेत्रमा गर्दैछन् तयारी 

कांग्रेस प्रवक्ता महत काठमाडौं–५ बाट चुनाव नलड्ने, यो क्षेत्रमा गर्दैछन् तयारी 

  • मिडिया डबली
  • सोमवार, जेठ २३ २०७९

  • 5.1K
    SHARES

  • कांग्रेस प्रवक्ता महत काठमाडौं–५ बाट चुनाव नलड्ने, यो क्षेत्रमा गर्दैछन् तयारी 

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा काठमाडौं ५ बाट नउठ्ने भएका छन् । गृह जिल्ला नुवाकोटको १ नम्बर क्षेत्रबाट उम्मेदवारी दिनका लागि उनले काठमाडौं ५ छोड्न लागेका हुन् ।

    २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा महत नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग काठमाडौं ५ मा पराजित भएका थिए । त्यसअघि भने यो क्षेत्रमा  कांग्रेस नेता नरहरि आचार्यले एमालेका पोखरेललाई पराजित गरेका थिए । 

    नुवाकोट १ मा उनी उम्मेदवार बन्नका लागि डा रामशरण महतलाई मनाउनुपर्नेछ।  देउवा निकट भएकाले उनलाई रामशरण महतलाई भन्दा टिकट पाउन सहज पनि छ । गृह जिल्लाबाट उम्मेदवार बन्ने तयारीमा रहेका महतले पछिल्लो समय नुवाकोट केन्द्रित कार्यक्रमलाई महत्व दिने गरेको पनि जिल्ला नेताहरु बताउँछन् । केही महिनाअघि उनले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई नुवाकोट १ मा लगेर कार्यक्रम गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १९ २०७७०७:१६:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend