काठमाडौं । नेपालले पहिलो पटक विद्युत निर्यात गर्न थालेको छ। शनिबार मध्यरातिदेखि नेपालले भारतमा दैनिक एक सय ७८ मेगावाट विद्युत निर्यात गर्न थालेको छ। नेपालमा उत्पादित बिजुली खेर जान नदिन विद्युत प्राधिकरणले भारतमा बिजुली निर्यात गर्न थालेको हो।
केही दिनअघि नेपालले ३७.७ मेगावाट विद्युत निर्यात गरेको थियो। तर शनिबारदेखि भने कालीगण्डकी आयोजनाको एक सय ४० मेगावाट बिजुली थप भएपछि १७८ मेगावाट बिजुली निर्यात गरेको हो। यसअघि त्रिशुली आयोजनाबाट उत्पादित २३.२ मेगावाट र देवीघाट आयोजनाको १४.५ मेगावाट विद्युत भारतमा निर्यात हुँदै आएको थियो।
नेपालले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)मा सप्लाई बिडमा बढाबढ प्रक्रियामार्फत विद्युत निर्यात गरिरहेको छ। हाल नेपालले भारतमा ३६४ मेगावाटसम्म बिद्युत बिक्री गर्ने अनुमति पाएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार शनिबार रातिबाट निर्यात हुने विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ छ। भने अधिकतम १९ रुपैयाँसम्ममा निर्यात भएको छ।
नेपालमा कुल जडित विद्युत क्षमता दुई हजार २०५ मेगावाट रहेको छ। जसमध्ये दुई हजार एक सय मेगावाट विद्युत उत्पादन हुन्छ। नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा विद्युतको माग एक हजार ६५० मात्र रहेको छ। प्राधिकरणले नेपाली बजारको माग पूरा गरेर चार सय मेगावाटको बिजुली निर्यात गर्न सक्छ।
नेपालले विद्युत निर्यातबाट वार्षिक करिब १२ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्न सक्छ। तर हिउँदमा भने खोला नाला सुक्दा पर्याप्त उत्पादन नहुने भएकोले नेपालले सो समयमा अझैसम्म पनि भारतबाट नै आयत गर्दै आइरहेको छ।प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमका अनुसार वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युत गृहहरु पूर्ण क्षमतामा चल्न थालेकोले विद्युत उत्पादन बढी हुने भएकोले नेपालको आवश्यकता पूरा गरेर नै विद्युत निर्यात गर्न सकिने भएको हो। यसअघि चैतदेखि भारतमा कोइलाको मूल्य बढ्दा उनीहरुले निर्यात गर्ने विद्युत महँगो हुँदा नेपालले प्रति युनिट २० रुपैयाँसम्म हालेर बिजुली आयात गरेको थियो। सो समयमा महँगोमा नै पनि पर्याप्त बिजुली नपाउँदा कतिपय उद्योगहरुमा कटौती गर्नुपरेको थियो।
तर जेठ लागेपछि नेपालमा नै उत्पादन बढ्न थालेपछि प्राधिकरणले निर्यात सुरु गरेको हो। प्राधिकरणका अनुसार नेपालले विद्युत निर्यातबाट वार्षिक करिब १२ अर्ब रुपैयाँ बराबरको आम्दानी गर्न सक्छ। तर हिउँदमा भने खोला नाला सुक्दा पर्याप्त उत्पादन नहुने भएकोले नेपालले सो समयमा अझैसम्म पनि भारतबाट नै आयत गर्दै आइरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।