आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देउवा सरकारले गर्यो सारा नेपालीलाई खुसी बनाउने कार्य, आर्थिक क्रान्तिको पहिलो पड्को मारेपछि चौतर्फी खुसियाली 

देउवा सरकारले गर्यो सारा नेपालीलाई खुसी बनाउने कार्य, आर्थिक क्रान्तिको पहिलो पड्को मारेपछि चौतर्फी खुसियाली 

  • मिडिया डबली
  • शनिवार, जेठ २१ २०७९

  • 14.4K
    SHARES

  • देउवा सरकारले गर्यो सारा नेपालीलाई खुसी बनाउने कार्य, आर्थिक क्रान्तिको पहिलो पड्को मारेपछि चौतर्फी खुसियाली 

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरू हुने भएको छ।

    नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेबाट निर्यात सुरू गर्न लागेको हो। प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)मा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युतगृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिक रूपमा करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ।

    कालीगण्डकीको पनि सुरू भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत भारत निर्यात गर्ने छ। कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३।२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात हुने छ।

    वर्षातसँगै नदीनालामा पानीको बहाव बढेर विद्युतगृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई प्राधिकरणले भारत निर्यात गरेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार रातिबाट निर्यात हुने विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रूपैयाँ (७ भारू) रहेको बताए।

    आइएक्समा २४ घन्टालाई १५–१५ मिनेटको ९६ वटा ब्लकमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ। त्यसैले हरेक ब्लकको मूल्य फरक हुने गरेको छ।

    प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः भारू १२ (१९.२ रूपैयाँ) र २.४९ (३.९८ रूपैयाँ) छ। त्यस दिनको औसत मूल्य प्रतियुनिट भारू ६.७२ (१०.७६ रूपैयाँ) छ।

    यसैगरी, शनिबार प्राधिकरणले अधिकतम प्रतियुनिट मूल्य १९.२ रूपैयाँ (१२ भारू) र न्यूनतम ४.०८ रूपैयाँ (२.५५ भारू)मा विद्युत बिक्री गरेको छ। औसतम मूल्य ११.४८ रूपैयाँ (७.१८ भारू) छ।

    नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न अनुमति पाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ २१ २०७९१०:५३:२२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend