काठमाडौँ- निर्देशक शिशिर बुढाथोकीको निर्देशनमा लोकदोहोरी गीत 'आँखा आँखैमा...' रिलिज भएको छ । उक्त गीतको भिडिओलाइ ईनाक्क्षी ईन्टरटेनमेन्टको युटुब च्यानलबाट बिहिबार रिलिज गरिएको हो ।
गायक देब बहादुर परियार र एलिना चौहानको आबाजमा रहेको गीतमा भीम कुसारीको लय तथा शब्द रहेको छ ।
गीतमा जिवन बडुको एरेञ्ज तथा मिक्सिङ रहेको छ भने खड्ग बुढाको मादल, रिजेन बडुको गीतार, रत्न बिकको बासुरी, बलराम जैरुको सहनाई रहेको छ । यस गीतलाई बिग परिबेश स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
भिडिओमा जिबेश गुरुङ, बिना राउत, ललना चिमरिया, देब बहादुर परियार र यम जिसीको अभिनय देख्न सकिन्छ । दिपक गिरीको छायांकन रहेको उक्त गीतको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।