काठमाडौं । एनआईसी एसिया फ्लेक्सी क्याप फण्डको आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरिने भएको छ । एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एनआईसी फ्लेक्सी क्याप फन्डको प्रति इकाई मूल्य १० रुपैयाँ अंकितदरमा आठ करोड ५० लाख इकाई बिक्रीमा ल्याउन लागेको हो ।
आईपीओका लागि सर्वसाधारणले जेठ १९ गतेदेखि जेठ २४ गतेसम्म आवेदन दिन सक्ने छन् । क्यापिटले १० करोड इकाईमध्ये बीज पूँजीबापत न्यूनतम एक करोड रुपैयाँ ५० लाख इकाई कोष प्रबर्द्धक एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी न्यूनतम आठ करोड ५० लाख इकाई निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो।
फण्डमा न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मकोलागि खरिद आवेदन दिन सकिन्छ भने इकाई खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्वा गरी सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुको शाखा कार्यालय र मेरो शेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ ।
एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले पहिलो वर्षमा १० प्रतिशत, दोश्रोमा, १२ प्रतिशत, तेश्रोमा १४ प्रतिशत, चौथोमा १५ प्रतिशत, पाँचौमा १६ प्रतिशत र छैठौंमा १८ प्रतिशत प्रतिफल वितरणा गर्ने प्रक्षेपण गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।