आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

किसान, ज्येष्ठ नागरिकदेखि विपन्न वर्गका विरामी अहिलेको बजेटबाट धेरै लाभान्वित

किसान, ज्येष्ठ नागरिकदेखि विपन्न वर्गका विरामी अहिलेको बजेटबाट धेरै लाभान्वित

  • मिडिया डबली
  • सोमवार, जेठ १६ २०७९

  • 3.3K
    SHARES

  • किसान, ज्येष्ठ नागरिकदेखि विपन्न वर्गका विरामी अहिलेको बजेटबाट धेरै लाभान्वित

    काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्बको बजेट सार्वजनिक गरेका छन् । यो चालू आर्थिक वर्षको यथार्थ खर्चको तुलनामा २४ प्रतिशत बढी हो । अर्थमन्त्री शर्माले ६८ वर्षमै वृद्धभत्ता दिने घोषणा गरेका छन् ।

    यसअघि ७० वर्ष पुगेका नागरिकले मात्रै वृद्धभत्ता पाउने व्यवस्था थियो । त्यस्तै, कर्मचारीको तलब १५ प्रतिशतले बढाइने भएको छ । युवा पुस्तालाई केन्द्रीकृत कृषिमा आकर्षण बढाउन किसानसँग सरकार कार्यक्रमअन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरु गर्न किसान हित कोषको स्थापना गरिने भएको छ ।

    उक्त कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम नेपाल सरकारले जम्मा गरिदिने बजेटमा उल्लेख छ । अर्थमन्त्रीले एक परिवारलाई एक विद्युतीय चुलो अनुदानमा वितरण गर्ने, विद्युत्को पहुँचबाहिर रहेका घरपरिवारका लागि धुवाँमुक्त भान्छा अभियानअन्तर्गत सुधारिएको चुलो वितरण गर्नेसमेत घोषणा गरेका छन् ।

    त्यस्तै, विपन्न वर्गलाई निःशुल्क विद्युतीय मिटर जडान कार्य र २० युनिटसम्म विद्युत् खपत गर्ने आधारभूत वर्गको ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइएको छ ।

    अर्थमन्त्रीले मासिक १० करोडभन्दा बढीको विद्युत् खपत गर्ने उद्योगलाई विद्युत् महसुलमा दुईदेखि १५ प्रतिशतसम्म छुट दिने र २० करोड चुक्ता पुँजी रहने गरी कृषिजन्य उत्पादनमूलक उद्योग स्थापना गर्ने सहकारीलाई चुक्ता पुँजीको पाँच प्रतिशत रकम पुँजीगत अनुदान प्रदान गर्ने घोषणा पनि गरेका छन् ।

    अर्थमन्त्री शर्माले मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिस गरिरहेका व्यक्तिहरू, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्तिहरू र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक पाँच हजारका दरले औषधि उपचार खर्च दिने, मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका विपन्न परिवारका सुत्केरीलाई एकमुस्ट पाँच हजार पोषण खर्च दिने, सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमलाई विस्तार गरेर कक्षा ६ सम्म पु¥याउने अर्थमन्त्रीले घोषणा गरेका छन् ।

    रोजगारीका नाममा कार्यकर्ता पोस्ने कार्यक्रमका रूपमा आलोचित ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’लाई अर्थमन्त्रीले निरन्तरता दिएका छन् । यो कार्यक्रमका लागि सात अर्ब पाँच करोड रकम विनियोजन गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ४ २०७८०७:४७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend