काठमाडौं - गायक कृष्ण देवकोटा र गायिका शान्ती श्री परियारको स्वरमा रहेको ‘जोर धाराको पानी...’ बोलको गीत रिजिल भएको ।
कृष्ण देवकोटाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको गीतमा कृष्णकै शब्द तथा संगीत रहेको छ । लोकलयमा तयार पारिएको यो गीतले दर्शकलाई छमछमी नचाउने विश्वास देवकोटाको छ ।
बटौलीमा झरौला, राम्दी झरेर, संसार बिचीत्र, नौतुनाको रेल देवकोटाका सर्बाधिक रुचाइएका गीत भित्र पर्छन । ‘जोर धाराको पानी...’ गीतको भिडिओलाई मौसम हिमालीले निर्देशन गरेका हुन् भने उनले भिडिओलाई गीतको मर्म अनुसार नै पर्दामा उतारेका छन् ।
नवराज उप्रेतीको छायांकन रहेको भिडिओमा नविन घर्ती मगरको सम्पादन छ । भिडिओमा नायक पुष्प खड्कालाई मोडल जुना सुन्दासले साथ् दिएकी छिन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।