काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले देशका ६ महानगरपालिकामध्ये एउटा पनि महानगरको नेतृत्वमा जित हासिल गर्न सकेन ।
२०७४ को निर्वाचनमा एमालेले काठमाडौं र पोखरा महानगरपालिका जितेको थियो । तर, यसपटक एमाले महानगरमा शून्य भएको छ ।
स्थानीय तहको निर्वाचनको सबैभन्दा मुख्य महानगर एउटा पनि जित्न नसकेपछि एमालेका अध्यक्ष केपी ओलीको घमण्ड चकनाचुर भएको छ ।
विराटनगर महानगरको मेयरमा कांग्रेसका नागेश कोइराला, वीरगन्जमा जसपाका राजेशमान सिंह, भरतपुरमा माओवादीकी रेनु दाहाल, ललितपुरमा कांग्रेसका चिरिबाबु महर्जन, काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साह र पोखरामा समाजवादीका धनराज आचार्य विजयी भएका छन् ।
विराटनगर, ललितपुर, काठमाडौं र पोखरा गरी चार महानगरका उपप्रमुखमा भने एमालेका उम्मेदवार विजयी भएका छन् । यसबाहेक भरतपुर र वीरगन्जको उपमेयर कांग्रेसले जितेको छ ।
यसपटकको निर्वाचनमा एमाले पोखरा, भरतपुर, वीरगन्ज, विराटनगर र ललितपुरमा प्रमुख प्रतिस्पर्धी देखियो । तर, काठमाडौं महानगरमा भने तेस्रो स्थानमा पुग्यो ।
एमाले अध्यक्ष ओलीले यसपटकको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले ६० प्रतिशत जित्ने बताएका थिए । तर, महानगरमै एमाले पछारियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।