आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महानगर, उपमहानगर जिताएर देउवाले राखिदिए माधव नेपालको नाक

महानगर, उपमहानगर जिताएर देउवाले राखिदिए माधव नेपालको नाक

  • मिडिया डबली
  • बिहिवार, जेठ १२ २०७९

  • 7.0K
    SHARES

  • महानगर, उपमहानगर जिताएर देउवाले राखिदिए माधव नेपालको नाक

    काठमाडौं - स्थानीय निर्वाचनमा यसपटक एमालेले एउटा पनि महानगरपालिका जित्न सकेन । ६ मध्ये दुई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक–एकवटा जितेका छन् ।

    काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले जितेका छन् । घोषणा हुन मात्र बाँकी छ । स्थानीय तहको सबैभन्दा ठूलो महानगरपालिका नै जित्न नसकेपछि एमाले अध्यक्ष केपी ओली चिन्तित बनेका छन् ।

    अब फेरि पाँच वर्षसम्म कुर्नुपर्ने भएकाले अहिलेकै क्रेज कायम रहन्छ भन्ने पनि छैन । गत भदौमा मात्र गठन भएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयर जितेपछि एमालेमा भुइँचालो नै गएको छ । हिजोसम्म माधव नेपालको पार्टी पत्तासाफ हुन्छ भनेर कुर्लने एमाले नेता कार्यकर्ता अहिले दूलो पसेका छन् ।

    एकीकृत समाजवादीले पाएको यो सफलतामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ठूलो योगदान छ । आफ्ना पार्टीका उपमेयरका उम्मेदवार कोपिला रानाभाट पराजित भए पनि कांग्रेसले एकीकृत समाजवादीका मेयरका उम्मेदवार धनराज आचार्यलाई जिताएर पठाइदिए ।

    त्यति मात्र होइन, हेटौंडा उपमहानगरपालिकाको मेयरमा पनि माधव नेपालकै पार्टीका उम्मेदवार मिनाकुमारी लामा विजयी भइन् । एमाले र कांग्रेसको गढमा एकीकृत समाजवादीले चुनाव जित्नु सानोतिनो सफलता होइन । त्यही भएर अहिले देउवा र माधव नेपालको मित्रताबारे चारैतिर चर्चा परिचर्चा हुन थालेको छ ।

    एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीबाट पदच्युत गरी देउवालाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपालको ठूलो योगदान छ । यदि माधव नेपालले एमाले विभाजन नगरेको भए देउवा प्रधानमन्त्री हुँदैनथे । ओलीको दबदबा अहिले पनि कायम रहन्थ्यो । तर, राजनीति सधैं सिधा बाटोमा हिँड्दन ।

    तत्कालीन नेकपामा चलेको शक्ति संघर्षले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल बाहिरिए । प्रचण्डको माओवादी पार्टी कायम रह्यो भने माधव नेपाल एमालेबाट बाहिरिए । ओलीले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि नेपालले एकीकृत समाजवादी खोले ।

    जुन पार्टीले अहिले २० स्थानीय तह जित हासिल गरेको छ । एकीकृत समाजवादीले महानगरपालिका, उपमहानगरपालिका प्रमुख जित्नुमा कांग्रेसकै भूमिका ठूलो रहेकाले अहिले देउवाले माधव नेपालको गुण तिरेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend