सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेसकी पहिला मेयर लिइन् यस्तो निर्णय, खोटाङमा खुसियाली 

कांग्रेसकी पहिला मेयर लिइन् यस्तो निर्णय, खोटाङमा खुसियाली 

  • मिडिया डबली
  • सोमवार, जेठ ९ २०७९

  • 5.9K
    SHARES

  • कांग्रेसकी पहिला मेयर लिइन् यस्तो निर्णय, खोटाङमा खुसियाली 

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नयाँ मेयर निर्वाचित भएर आए लगत्तै शारीरिक रूपमा अशक्त, एकल नागरिक र अभिभावक विहीन बालबालिकाको लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ । 

    नवनिर्वाचित मेयर विमला राईले सोमबार पदभार ग्रहण लगत्तै एकल महिला, एकल पुरुष, बिधुवा, विधुर, ‘ख, ग र घ’ वर्गको अपाङ्गता भएका नागरिक तथा अभिभावक विहीन बालबालिकाको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो ।

    हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका (ग) वर्गको अपाङ्गता भएका रमला राई र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका विदुर दर्जीमान परियारलाई निःशुल्क स्वास्थ्य बिमाको कार्ड हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गरिएको छ । 

    एक पटक स्वास्थ्य बिमा गरेपछि वार्षिक न्यूनतम ३ हजार ५०० रुपैयाँ तिरेर स्वास्थ्य बिमा कार्ड नवीकरण गर्ने व्यवस्था छ । तर शारीरिक रूपमा अशक्त, एकल नागरिक र अभिभावक गुमाएका बालबालिकाको स्वास्थ्य बिमाको नवीकरण नगरपालिकाकोतर्फबाट गर्ने व्यवस्था मिलाइएको नवनिर्वाचित मेयर राईले बताइन् । नगर अस्पताल निर्माण गरेर आफ्नै नगरपालिकामा स्वास्थ्य बिमा बापतको स्वास्थ्य सेवा उपलब्ध गराउने गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अघि सारिएको जनाइएको छ । 

    ११ वडा रहेको नगरपालिकामा एकल महिला र बिधुवा ७ सय जना छन् । (ख) वर्गका अपाङ्गता भएका व्यक्ति ११७ जना, (ग) वर्गका अपाङ्गता भएका व्यक्ति ६८ जना र (घ) वर्गका अपाङ्गता भएका व्यक्ति ६३ जना छन् । विदुर र अभिभावक विहीन बालबालिकाको संख्या संकलन भइरहेको मेयर राईले बताइन् । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend