काठमाडौं - नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलकै वडामा एमाले पराजित भएको छ ।
पौडेलको वडा बुटवल–८ को वडाध्यक्षमा कांग्रेसका यज्ञप्रसाद पंगेनी निर्वाचित भएका छन् ।
कांग्रेसका पंगेनीले एमालेका ज्ञानप्रसाद अर्याललाई ३१ मतले पराजित गरेका हुन् । वडाध्यक्षमा निर्वाचित कांग्रेसका पंगेनीले १५३९ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका अर्यालले १५०८ मत प्राप्त गरे ।
एमालेले २०४९ सालपछि पहिलो पटक यो वडा गुमाएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।