शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images
स्थानीय तह निर्वाचन

स्थानीय निर्वाचनको नतिजाले बालकोटबाट बाहिर निस्कन सकेनन् ओली

स्थानीय निर्वाचनको नतिजाले बालकोटबाट बाहिर निस्कन सकेनन् ओली

  • मिडिया डबली
  • बुधवार, जेठ ४ २०७९

  • 4.3K
    SHARES

  • स्थानीय निर्वाचनको नतिजाले बालकोटबाट बाहिर निस्कन सकेनन् ओली

    काठमाडौं - निर्वाचनको दिनसम्म पनि एमाले अध्यक्ष केपी ओलीलगायत सो दलका नेताहरू आफ्नो पार्टीले ६० प्रतिशत स्थानीय तह जित्ने दाबी गर्थे ।

    स्थानीय निर्वाचनको कमान्डर बनेका ओलीले कसैलाई पनि चुनावी सभामा भाषण गर्ने अवसर दिएनन् । जहाँ पनि आफैं पुगे । आफ्नो भाषण सुन्न र त्यसबाटै एमालेलाई ह्वार ह्वारती मत खस्ने उनको आकलन थियो । तर, जनताले पत्याइदिएनन् ।

    केन्द्रमा पाँचदलीय गठबन्धन दह्रो साथ एमालेलाई चुनौती दिन सफल रह्यो । गठबन्धन गरेका केही ठाउँमा बाहेक सबैमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी विजयी भए ।

    स्थानीय निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्म नेपाली कांग्रेसले एक सय ८८ स्थानीय तहमा जित हासिल गरेको छ । एमालेले एक सय १९ स्थानीय जितेको छ ।

    कांग्रेसको अग्रता एक सय २५ स्थानीय तहमा छ । एमालेले ९३ स्थानीय तहमा अग्रता हासिल गरेको छ । अहिलेसम्म चार सयभन्दा बढी स्थानीय तहको परिणाम सार्वजनिक भइसकेको छ ।

    नतिजा आउँदै गर्दा हिजो दम्भ र अहंकारले फुलेका एमाले अध्यक्ष केपी ओली अहिले गलेका छन् । उनले अहिलेसम्म कतै पनि स्थानीय तहको मतपरिणामबारे सार्वजनिक रूपमा बोलेका छैनन् ।

    उनी बालकोटबाट बाहिर निस्केका समेत छैनन् । तर, स्थानीय चुनावको परिणामले भने उनलाई रक्षात्मक अवस्थामा पुर्याइदिएको छ।

    त्यही भएर नौ महिनादेखि प्रतिनिधिसभामा अवरोध गर्दै आएको एमाले मंगलबारदेखि संसद् अवरोध गर्न डराएको छ । उसले देशको खस्किँदो आर्थिक अवस्थाका कारण संसद् अवरोध कार्यक्रम फिर्ता लिएको दाबी गरे पनि उसलाई त्यसबाट उम्किन स्थानीय चुनावले फेस सेभिङको काम गरेको छ ।

    अब पनि संसद् अवरोध जारी राख्दा आगामी प्रतिनिधिसभा र प्रदेश सभामा जनताले तिरस्कृत गर्ने डरले ओलीले संसद् अवरोध फिर्ता लिएको अनुमान गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend