सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बोरिस जोनसन भन्छन्- भारतमा सबै समुदायका लागि संवैधानिक संरक्षण छ

बोरिस जोनसन भन्छन्- भारतमा सबै समुदायका लागि संवैधानिक संरक्षण छ

  • मिडिया डबली
  • बुधवार, बैशाख २१ २०७९

  • 5.0K
    SHARES

  • बोरिस जोनसन भन्छन्- भारतमा सबै समुदायका लागि संवैधानिक संरक्षण छ

    नयाँ दिल्ली - बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले भारतमा सम्पूर्ण समुदायका लागि संवैधानिक संरक्षण भएको बताएका छन्। भारत एक महान लोकतन्त्र भएको मुलुक रहेको उल्लेख गर्दै बेलायती प्रधामन्त्री जोनसले समुदायहरूको लागि संवैधानिक संरक्षणको सुनिश्‍चितता गरिएको बताएका हुन्।

    प्रधानमन्त्री मोदीले भारतमा बढ्दो सांस्कृतिक हिन्दू राष्ट्रवादको अध्यक्षता गरेकोमा भारतले मानवअधिकार समूहहरूको सरोकारबारेको छलफलमा बेलायती प्रधानमन्त्रीले भने, 'भारतसँगको हाम्रो सम्बन्ध र मानव अधिकार समूहको प्रश्नलाई हामीले कसरी व्यवहार गर्छौं, अवश्य पनि, हामीसँग मानव अधिकार वा लोकतान्त्रिक मूल्यहरूलाई थप बलियो बनाउन छलफल गर्नसक्छौं। हाम्रो मित्रताको फाइदा यो पनि हो कि हामी यस्ता कुराहरुलाई मित्रवत तरिकामा राख्‍न सक्छौं। तर, भारतमा समुदायका लागि संवैधानिक संरक्षण छ भन्ने महसुस गर्नु धेरै महत्त्वपूर्ण कुरा हो।'

    भारत विश्‍वकै लोकतान्त्रिक देशहरुमध्ये सबैभन्दा ठूलो मुलुको भएको पनि उनले बताए। भने, 'भारत विश्वभरका निरंकुशताभन्दा धेरै फरक देश हो। यो ठूलो लोकतन्त्र भएको देश हो। यो एक आश्चर्यजनक तथ्य छ कि १.३५ बिलियन मानिसहरू लोकतन्त्र अन्तर्गत बस्छन्। यो हामीले खुसी हुनुपर्ने कुरा हो किनकि यसले हामीलाई नजिकको सहयोग र साझेदारीको अवसर प्रदान गर्दछ।'

    जोनसनले यो पनि भने कि यसको मतलब बेलायतले मानवअधिकार मुद्दाहरूको प्रश्न उठाउँदैन भन्ने होइन। नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाटपछि शुक्रबार साँझ पत्रकार सम्मेलनमा बोल्दै बेलायती प्रधानमन्त्रीले यस्तो बताएका हुन्।

    यसअघि, जोनसनले भारतको लोकतन्त्रको बारेमा कुरा गरे र भने, 'भारत संसारको सबैभन्दा पुरानो लोकतान्त्रिक देश र विश्वको सबैभन्दा ठूलो लोकतन्त्र हो, एकजुट भएर संसारभरिका निरंकुशताको बारेमा हाम्रा साझा चिन्ताहरूको सामना गर्दैछ र हामी विश्वलाई सुरक्षित र थप समृद्ध बनाउन सँगै काम गरिरहेका छौं।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख २१ २०७९१०:१८:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend