बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गृहनगरमै ओलीलाई तनाव, गठबन्धनले जित्ने भएपछि बढ्यो छटपटी

गृहनगरमै ओलीलाई तनाव, गठबन्धनले जित्ने भएपछि बढ्यो छटपटी

  • मिडिया डबली
  • मंगलवार, बैशाख २० २०७९

  • 6.8K
    SHARES

  • गृहनगरमै ओलीलाई तनाव, गठबन्धनले जित्ने भएपछि बढ्यो छटपटी

    दमक - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकको निर्वाचन रोचक मोडमा पुगेको छ। दमकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका मुख्य दल एमाले विरुद्ध एक ठाउँमा उभिएका छन्।

    २०४६ सालपछिका सबै स्थानीय निर्वाचनमा एमालेको वर्चस्व रहेको दमकमा यसपालिको नतिजामा सबैको चासो हुने देखिन्छ । राप्रपा नेतृत्वको कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) लगायत दलको संयुक्त मोर्चासँग एमाले दमकले प्रतिस्पर्धा गर्दैछ । एमालेको ‘लालकिल्ला’ भत्काउन सबै दल एकजुट भएका छन् ।

    सोही कारण अध्यक्ष ओलीको इज्जत जोगाउनुपर्ने चुनौती एमालेका सामु छ। एमालेले गीता अधिकारीलाई मेयरको उम्मेदवार बनाएको छ भने गठबन्धनको तर्फबाट राप्रपाका राम थापा चुनावी मैदानमा छन् ।

    सत्ता गठबन्धन र एमाले दुवैको तानातानमा रहेको राप्रपा मेयरको बार्गेनिङ गरिरहेको थियो । राप्रपालाई मनाउने दौडमा सत्ता गठबन्धनले जित्यो ।

    २०४९ सालयताका ३ वटै स्थानीय निर्वाचन जितेको र अध्यक्ष केपी शर्मा ओलीको गृहनगर समेत भएका कारण मेयर पद नै राप्रपालाई सुम्पिन नसक्ने बाध्यता एमालेलाई थियो ।

    ओलीको प्रतिष्ठासँग जोडिएकाले पनि एमालेले राप्रपालाई मेयर छाड्न मानेन । राप्रपाका प्रदेश अध्यक्ष राम थापालाई प्रमुख र कांग्रेसकी रेगिना भट्टराईलाई उपप्रमुखको उम्मेदवार बनाएर गठबन्धन चुनावी मैदानमा छ।

    १० वडा रहेको दमकमा राप्रपाले मेयरसहित २ वडा, कांग्रेसले उपप्रमुखसहित ४ वडा र माओवादीले ४ वडामा उम्मेदवार उठाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend