आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अन्ततः शेखर पनि उभिए गठबन्धनकै पक्षमा, दिए निर्णय नमाने कारबाहीको चेतावनी

अन्ततः शेखर पनि उभिए गठबन्धनकै पक्षमा, दिए निर्णय नमाने कारबाहीको चेतावनी

  • मिडिया डबली
  • मंगलवार, बैशाख २० २०७९

  • 4.8K
    SHARES

  • अन्ततः शेखर पनि उभिए गठबन्धनकै पक्षमा, दिए निर्णय नमाने कारबाहीको चेतावनी

    काठमाडौं - नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अन्ततः गठबन्धनकै पक्षमा उभिएका छन्। केही अघिसम्म गठबन्धनको नामै सुन्न नचाहने नेता कोइरला अहिले स्थानीय तह निर्वाचनमा पार्टी निर्णयविपरीत जानेलाई कारबाही हुने चेतावनी दिने अवस्थामा पुगेका छन् ।

    मोरङको सुन्दरहरैंचा नगरपालिकामा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गर्दै अघि बढ्न कार्यकतालाई सुझाव दिए।

    पार्टीभित्र आन्तरिक रूपमा आफ्नो विचार एक प्रकारको भए पनि पार्टीको निर्णयलाई अस्वीकार गर्न नहुने उनको भनाइ छ। स्थानीय तह निर्वाचनमा पार्टीको निर्देशनबाट असन्तुष्टले स्वतन्त्र रूपमा उम्मेदवारी दिएको सन्दर्भमा नेता कोइरालाले निर्वाचनमा आफ्नो उम्मेदवारलाई जिताउन लाग्नुपर्ने बताए।

    ‘बागी, स्वतन्त्र उम्मेदवारी दिएर पार्टीलाई कमजोर बनाउनेभन्दा पनि पार्टीलाई बलियो बनाउने सबैको भूमिका एक हुनुपर्नेछ। पार्टी विधानले नै बागी उम्मेदवार तथा प्रस्तावकलाई कारबाही गर्ने उल्लेख गरेको छ। अन्ततः सोहीअनुरूप पार्टी अघि बढ्छ,’ उनले भने, ‘निर्वाचनका क्रममा कसले टिकट पायो, के गर्‍यो, अहिले ती कुरा छोड्नुस्, अब सबैले एकढिक्का भएर पार्टी र पार्टीले अघि बढाएको उम्मेदवारलाई विजयी गराउन तर्फ लाग्न हो ।’

    कार्यक्रममा पार्टीले चयन गरेको उमेदवारविरुद्ध षड्यन्त्र भइरहेको जनाउँदै सहभागी नेता कार्यकर्ताले त्यस्ता व्यक्तिलाई पार्टीले तुरुन्त कारबाही गर्नुपर्नेमा जोड दिएका थिए।

    कोइराला विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार नागेश कोइरालालाई जिताउने अभियानमा लागेका छन् । कांग्रेसका केही स्थानीय नेता कार्यकर्ता कोइरालाविरुद्ध लागेको सुइँको पाएपछि शेखर गठबन्धनको विरुद्ध जानेलाई कारबाही गर्ने चेतावनी दिने अवस्थामा आइपुगेको स्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, फाल्गुण २९ २०७७०८:४८:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend