बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images
राजनीतिक बिशेष

पहिले पहिले भ्रष्ट, अहिले महिला द्वेषी उम्मेदवारलाई ओलीको काँध

पहिले पहिले भ्रष्ट, अहिले महिला द्वेषी उम्मेदवारलाई ओलीको काँध

  • मिडिया डबली
  • शनिवार, बैशाख १७ २०७९

  • 6.2K
    SHARES

  • पहिले पहिले भ्रष्ट, अहिले महिला द्वेषी उम्मेदवारलाई ओलीको काँध

    काठमाडौं - एमाले अध्यक्ष केपी ओलीको काम गर्ने शैली अजीवको छ । आफूलाई मन परेको छ भने जस्तो कुकर्म गर्नेलाई पनि उनले सात खुन माफ गरिदिन्छन् ।

    आफ्नो प्रशंसा र चाकडी गर्नेलाई उनले जुरुक्कै बोक्दै आएका छन् । चाहे त्यो बहुसंख्यक मानिसले आलोचना गरेको व्यक्ति नै किन नहोस् । साढे तीन वर्ष प्रधानमन्त्री हुँदा ओलीले जनस्तरबाटै आलोचित भएका पार्टीका नेतालाई बोके ।

    मिडियामा मात्र होइन, आममानिसमा आलोचित सूर्य थापा जो प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थिए उनले गरेका गल्तीलाई ओलीले बचाए । भ्रष्टाचार आरोपमा मुछिएका ईश्वर पोखरेल, गोकुल बास्कोटा, बिष्णु पौडेल, भानुभक्त ढकाल, पद्मा अर्याललगायतको ढाकछोप गरे । उनीहरूले मन्त्री हुँदा गरेको भ्रष्टाचार ओलीले देख्दै देखेनन् ।

    प्रमुख प्रतिपक्षमा पुगेपछि पनि ओलीले पहिलेको बानी सुध्रिएको छैन । अहिले ओलीले एमालेका काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितलाई ओलीले काँध बोकेका छन् ।

    जबकि स्थापित महिला द्वेषी उम्मेदवार हुन् । उनले सार्वजनिक रूपमै महिलाको हुर्मत लिएका छन् । काठमाडौंकै दुई महिलाले उनलाई यौन दुव्र्यवहारको आरोप लगाएका छन् ।

    त्यस्ता महिला द्वेषी व्यक्तिलाई नगरपिता बनाउन खोजेको भन्दै अहिले ओलीको आलोचना हुन थालेको छ । केशव स्थापितमाथि दर्जनौ आरोप लागेको छ ।

    सांसदहरूलाई अपहरण गरी होटल होटलको कोठाकोठामा मदिरा र यौनकर्मीहरू पुर्याएको उनले आफैले खुल्लमखुल्ला भन्दै हिँड्ने गरेका छन् । सुन तस्करीहरूसग साँठगाँठ गरी बामदेव गौतम (तत्कालीन गृहमन्त्री) को मा पैसा पुर्याएको उनी आफैले स्वीकारेका छन् ।

    व्यापारी प्रकाश टिबडेवालसँगको मिलोमतोमा देशकै ठूलो एलसी काण्ड गरेको, काठमाडौंको मेयर हुँदा कामनपाको सबै जग्गा र सम्पत्ति कमिसन खाएर गन्द्रुकको भाउमा बेच्न (५० वर्ष लिजमा) दिएको, नेपाली नारीको अस्मितामा बारम्बार अपमान (राष्ट्रपति विद्यादेवी भण्डारीसहित अहिले भावना राउतसम्म) गरेको, खल्लमखुल्ला यौनहिंसा र अश्लील शब्द बोल्न उनी हिच्किचाउँदैनन् ।

    स्थापितले काठमाडौं १ को उपचुनावमा तत्कालीन एमाले नेतृ भण्डारीको सेतो सारीमा रातो अवीर कांग्रेसले छ्यापेको भन्दै भ्रम फैलाएर भोट मागेको समेत अन्तर्वार्ता दिँदै आएका छन् । यस्ता व्यक्तिलाई ओलीले बोकेको भन्दै एमाले विभाजित भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend