काठमाडौं - संखुवासभामा नेकपा एमालेका एक नेता पार्टी परित्यागको घोषणा गरेका छन्।
लामो समय देखि एमालेको राजनीतिमा सक्रिय रहेका र मकालु गाउँपालिकाका अध्यक्ष समेत रहेका तेज बहादुर पोखरेलले पार्टी परित्यागको घोषणा गरेका हुन्। उनले एक विज्ञप्ती जारी गर्दै पार्टीले आफ्नो योगदानको मूल्यांकन नगरेको बताएका छन्।
‘लामो समय देखि एमालेको विभिन्न कमिटिमा रहेर पार्टीको काममा सक्रिय रहेको र २०७६ सालको उपनिर्वाचनमा मकालु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपनि पार्टीभित्रको गुटगत निर्णयले मेरो योगदानको अवमूल्यन गर्ने काम भएकाले पार्टी परित्याग गरेको जानकारी गराउँदछु,’ उनले जारी गरेको विज्ञप्तीमा भनिएका छ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।