सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सामाजिक सञ्‍जालमा गरिएको पोष्टका आधारमा पक्राउ गरिका ८ जनालाई रिहा गर्न एम्‍नेस्टीको आग्रह

सामाजिक सञ्‍जालमा गरिएको पोष्टका आधारमा पक्राउ गरिका ८ जनालाई रिहा गर्न एम्‍नेस्टीको आग्रह

  • मिडिया डबली
  • बुधवार, बैशाख १४ २०७९

  • 4.5K
    SHARES

  • सामाजिक सञ्‍जालमा गरिएको पोष्टका आधारमा पक्राउ गरिका ८ जनालाई रिहा गर्न एम्‍नेस्टीको आग्रह

    वाशिङ्‌गटन - एम्‍नेस्टी इन्टरनेशनलले पाकिस्तानी अधिकारीहरूलाई सामाजिक सञ्‍जालमा राज्यको आलोचना गरेको कारण हालै पक्राउ गरिएका सबै व्यक्तिहरूलाई तुरुन्त रिहा गर्न आग्रह गरेको छ।

    एम्‍नेस्टी इन्टरनेशनल, संयुक्त राज्य अमेरिकाले सार्वजनिक गरेको विज्ञप्तिमार्फत राइट एड्‌भोकेसी ग्रुपको दक्षिण एसिया अनुसन्धान निर्देशक दिनुशिका दिसानायकेले पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले हालै सामाजिक सञ्‍जाल ट्वीटरमा राज्यको आलोचना गरेको भन्दै आठ जनालाई पक्राउ गरेको जनाकानरी दिएकी छन्।

    'पाकिस्तानी अधिकारीहरूले अनलाइन अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रयोग गर्ने मानिसहरूलाई सजाय दिन कठोर पाकिस्तान इलेक्ट्रोनिक अपराध ऐन प्रयोग गर्न बन्द गर्नुपर्छ,' उनले भनिन्।

    'धेरै लामो समयसम्म, क्रमिक सरकारहरूले यस कानूनलाई शान्तिपूर्ण असहमतिलाई कुचल्न र राजनीतिक विरोधका समर्थकहरूलाई धम्की दिने उपकरणको रूपमा प्रयोग गर्दै आएका छन्।'

    दिसानायकेले यस हप्ताको सुरुमा पञ्जाबमा गिरफ्तार गरिएका आठ व्यक्तिलाई 'तुरुन्त र बिना शर्त रिहा गरिनुपर्ने' माग गरेकी छन्। पाकिस्तानमा सरकारको आलोचनालाई बन्देज गर्ने हतियारको रुपमा उक्त कानुनको दुरुपयोग गरिँदै आएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख १४ २०७९०१:४१:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend