शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीलाई दिनहुँ भाषण गर्न जान हेलिकोप्टर चढ्ने पैसा कहाँबाट आउँछ ? कांग्रेसी किन चुप ?

ओलीलाई दिनहुँ भाषण गर्न जान हेलिकोप्टर चढ्ने पैसा कहाँबाट आउँछ ? कांग्रेसी किन चुप ?

  • मिडिया डबली
  • सोमवार, बैशाख ५ २०७९

  • 10.2K
    SHARES

  • ओलीलाई दिनहुँ भाषण गर्न जान हेलिकोप्टर चढ्ने पैसा कहाँबाट आउँछ ? कांग्रेसी किन चुप ?
    फाइल तस्बिर

    काठमाडौं - एमाले अध्यक्ष केपी ओली शनिबार दिउँसो आधा घण्टाको फरकमा हेलिकप्टर र हवाईजहाज चढेर सर्लाहीबाट नेपालगञ्ज पुगे ।

    पार्टीको काममा व्यस्त भएका ओली शनिबार मध्यान्ह १ बजे काठमाडौंबाट सिम्रिक एअरको हेलिकप्टरमा सर्लाहीको मलंगवा गए । पार्टी प्रवेश गराउन पाँचजनाको टोली लिएर त्यसतर्फ गएका उनी पाँचैजना सदस्य बोकेर पौने ५ बजे सोही हेलिकप्टरबाट काठमाडौं विमानस्थलमा अवतरण गरे ।

    त्यताबाट सोझै नेपालगञ्ज जान लागेको यति एअरलाइन्सको विमान चढे । उनीसँगै पार्टी उपाध्यक्ष विष्णु पौडेल पनि गएका थिए । यो त एकदिनको उदाहरण हो । ओली अहिले सरकारमा पनि छैनन् ।

    तर, उनी दिनहुँ हेलिकोप्टर र हवाईजहाज चढेर जिल्ला जिल्ला पुगिरहेका हुन्छन् । ओलीले अहिले जे जस्तो सुविधा भोगिरहेका छन्, त्यस्तो त पञ्चायतकालमा राजाले पनि गरेका थिएनन् ।

    स्थानीय तहको चुनाव अभियानमा ओली यसबीचमा झन्डै आधा देश घुमिसकेका छन् । ती सबै जिल्लामा उनले हेलिकोप्टर र हवाईजहाज प्रयोग गरेका छन् । एक घन्टा हेलिकोप्टर चढेको भाडा लाखौं रुपैयाँ हुन्छ ।

    तर एकै दिन दुई तीनवटा जिल्लामा उनलाई हेलिकोप्टर चढ्न कसले लगानी गरिरहेको छ ? उनको आयस्रोत के हो ? भन्ने विषयमा छानबिन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

    नेपाली कांग्रेसका नेता कार्यकर्ताले अहिलेसम्म ओलीले यसरी दिनहुँ हेलिकोप्टर चढेर ऐसको जिन्दगी बिताइरहेको विषयलाई चु्नावी एजेन्डा बनाउन सकेका छैनन् ।

    उनलाई सिम्रिक एयरका मालिक रामेश्वर थापाले लगानी गरिरहेको एमाले नेता कार्यकर्ता नै बताउँछन् । थापा अध्यक्ष भएको अन्नपूर्ण पोस्ट दैनिकसमेत उनले ओलीकै पार्टीमा समर्पित गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend