आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपाललाई अमेरिकाले दियो ८० अर्ब अनुदान सहयोग, एमसीसी परियोजनाभन्दा २३ अर्ब बढी

नेपाललाई अमेरिकाले दियो ८० अर्ब अनुदान सहयोग, एमसीसी परियोजनाभन्दा २३ अर्ब बढी

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २ २०७९

  • 5.5K
    SHARES

  • नेपाललाई अमेरिकाले दियो ८० अर्ब अनुदान सहयोग, एमसीसी परियोजनाभन्दा २३ अर्ब बढी

    काठमाडौं - नेपालले अमेरिकाबाट ठूलो सहयोग पाएको छ । नेपालको संसदले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) स्वीकृत गरेको तीन महिना थप ठूलो अनुदान सहायता पाएको हो।

    अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएड) ले नेपाललाई ६ सय ५९ मिलियन बराबरको अमेरिकी डलर (७९ अर्ब ७१ करोड रुपैयाँ) अनुदानमा दिने भएको हो । नेपाल सरकारले त्यो अनुदान सहयोगलाई स्वीकार गर्ने निर्णय गरेको छ।

    रकमको हिसाबमा यो अनुदान एमसीसीभन्दा ठूलो हो। एमसीसीबाट प्राप्त ५७ अर्ब रुपैयाँबराबर अनुदान नेपालमा विद्युतीय प्रसारणलाइन र सडक निर्माणसम्बन्धी परियोजनामा खर्च हुँदै छ।

    युएसएडबाट प्राप्त आर्थिक सहयोग भने नेपालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्ने भएको छ । यो सहायता पाँच वर्षका लागि हो। कुन–कुन आयोजना गर्ने भन्ने विषय अहिले टुंगिएको छैन।

    यस्तो सहायता योभन्दा अघि पुनर्निर्माण क्षेत्रमा समेत आएको थियो। तर यति ठूलो रकम भने थिएन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०८:०२:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend