सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

काश्मीरी पण्डित संगठनले मनायो नवरेह 

काश्मीरी पण्डित संगठनले मनायो नवरेह 

  • मिडिया डबली
  • बुधवार, चैत्र ३० २०७८

  • 4.7K
    SHARES

  • काश्मीरी पण्डित संगठनले मनायो नवरेह 

    श्रीनगर - काश्मीरी पण्डित संगठन, भोमेधले गत शुक्रबार जम्मु र काश्मीरको श्रीनगरको जबरवान पार्कमा एक दिन लामो असाधारण सांस्कृतिक कार्यक्रमको आयोजना गरेर समुदायको प्रमुख चाड नवरेह मनाएको छ। 

    ‘कश्मीर नवरेह मिलन २०२२’ शीर्षकको कार्यक्रममा काश्मीरका डिभिजनल कमिश्‍नर पीके पोल र काश्मीरी मुस्लिमहरू लगायत जीवन शैली र संस्कृति बुझ्‍नका लागि गहिरो चासो लिएका मानिसहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो।

    'नवरेह काश्मीरी पण्डितहरूको प्रमुख चाडहरू मध्ये एक हो र नयाँ वर्षको सुरुवातलाई दर्शाउँछ।' 

    कार्यक्रम निजी विद्यालय संघको सहकार्यमा आयोजित चित्रकला प्रतियोगिताबाट सुरु भएको थियो। जसमा धेरै विद्यालयका बालबालिकाहरुको सहभागिता रहेको थियो। यस कार्यक्रममा विभिन्‍न स्टलहरू पनि राखिएको थियो, जसमा परम्परागत काश्मीरी वस्तुहरू प्रदर्शन गरिएको थियो।

    पत्रकारहरूसँग कुरा गर्दै पीके पोलले आयोजकहरूको मुख्य उद्देश्य नयाँ पुस्तालाई काश्मीरी पण्डितहरूको संस्कृतिबारे अवगत गराउनु रहेको बताएका छन्। यसको पछाडि आयोजकको मुख्य उद्देश्य नयाँ पुस्तालाई संस्कृतिको बारेमा जानकारी गराउनु र यसको महत्त्व बुझाउनु थियो," उनले भने।

    धेरै कश्मीरी पण्डितहरूले आफ्नो भत्किएका घरहरू पुनर्निर्माण गर्न थालेका छन् र धेरै उपत्यकामा बस्‍न आउने विश्वास गरेको आयुक्तले बताए। 'काश्मीरी पण्डितहरूले गत वर्षदेखि आफ्ना भत्किएका घरहरू पुनर्निर्माण गर्न थालेका छन्। मलाई लाग्छ धेरै मानिसहरू यहाँ आउनेछन्। परिस्थिति बदलिँदै छ। राष्ट्रविरोधी वर्गहरु निस्तेज भएका छन्,’ पोलले भने ।

    कार्यक्रमका आयोजक रोहित भाटले समूहले यस्ता कार्यक्रम मार्फत संस्कृति र भाषालाई पुनरुत्थान गर्ने प्रयास गरिरहेको छ। 'हाम्रो समूहले हाम्रो संस्कृति र भाषालाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ। हामीले यो कार्यक्रम आयोजना गरेका थियौं जहाँ हामीले ३२ वर्षपछि हाम्रो पोशाक, संस्कृति झल्काउने प्रदर्शनी प्रस्तुत गरेका छौं ताकि युवाहरू जोडिन सकून्। हामीले साम्प्रदायिक सद्भावको विषयलाई लिएर चित्रकला प्रतियोगिता पनि आयोजना गरेका छौं । हामीले सिर्जना गरेको खाडल पूरा होस् भन्ने चाहन्छौँ,’ उनले भने ।

    कलाकार भारती कौलले यस्ता कार्यक्रमबाट सद्भाव र भाइचारालाई प्रवद्र्धन गर्न चाहेको बताइन्। 'हामीले सधैं नवरात्रि र त्यस्ता अन्य चाडपर्वहरू सँगै मनाउने गरेकाले हामीलाई खुसी लागेको छ। हामी सद्भाव बढाउन आएका हौँ,’ उनले भनिन्। श्रीनगरका एक स्टल सञ्चालक समीर अहमदले काश्मीरी पण्डितहरूको संस्कृति थाहा पाएकोमा खुशी व्यक्त गर्दै भविष्यमा पनि यस्ता कार्यक्रम आयोजना गरिनुपर्ने बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ १५ २०८०१२:४५:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend