सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सान फ्रान्सिस्कोमा नेपाल डे परेड भव्य रुपमा सम्पन्न

सान फ्रान्सिस्कोमा नेपाल डे परेड भव्य रुपमा सम्पन्न

  • मिडिया डबली
  • सोमवार, चैत्र २८ २०७८

  • 4.6K
    SHARES

  • सान फ्रान्सिस्कोमा नेपाल डे परेड भव्य रुपमा सम्पन्न

    काठमाडौँ- गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीका अन्तरर्गतको पश्चिम क्षेत्र र क्यालिफोर्निया च्याप्टरले क्यालिफोर्नियामा रहेका विभिन्न नेपाली संघ संस्थाहरुसंगको सहकार्यमा तर्जुमा गरेको बहुप्रतिक्षित नेपाल डे परेड भव्य रुपमा सम्पन्न भएको बताइएको छ।

    सैयौँको सँख्यामा नेपाली भेष भुशा झाँकी अमेरिका र नेपालका सयौँ झन्डा फरफराउँदै नेपालको पहिचान झल्काउने र पर्यटनलाई प्रवर्धन गर्ने खालका बिभिन्न प्लेकार्ड तथा तस्वीरहरु परेडमा बोकेर हिंडेको द्रिष्य ऐतिहासिक र मनोरन्जक देखिएको बताइएको हो ।

    नेपाली पन्चैबाजा, लाखे नाचका साथै बिभिन्न जनजातिका आफ्नै बाजा गाजा सहित बिच विचमा न्रित्य गर्दै हिँडेको द्रिष्य देखेर सान प्रान्सिस्कोवासीहरु छक्कै परेका थिए।

    सो परेड फेरी बिल्डिङ देखी सुरु भएर सिभिक सेन्टर नजिकै रहेको यु एन प्लाजामा गएर कोण सभामा परिणत भएको थियो। सो अवसरमा बिभिन्न वक्ताहरुले बोल्दै यस्ता प्रकार कार्यक्रमले नेपाली पहिचान झल्काउन, पर्यटन प्रवर्धन गर्न अहम भूमिका खेल्ने बताएका छन।

    नेपालीहरुको एकता र सहकार्यको कारणले नै कार्यक्रम सफल भएको सहभागी संस्था सवन्वय समितिका सभापति उत्तम कार्किले बताउनु भयो। कार्यक्रम सँयोजक तथा NRNA NCC USA RCC ( WEST) श्रीराम थापाले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्ण लाई हार्दिक धन्यवाद दिनु भएको छ भने च्याप्टर प्रेसिडेन्ट एक देव शर्माले होस्ट च्याप्टरको रुपमा क्यालिफोर्निया च्याप्टरले कार्यक्रम सफल पार्न खेलेको भूमिका प्रसँसनिय भएको बताउनु भयो। परेड पछी विविध साँस्कृतिक कार्यक्रम सहित नेपाल डे परेड २०२२ सम्पन्न भएको छ।

    कार्यक्रमको लागि नेपालका प्रधान मन्त्री शेर बहादुर देउवा, पर्यटन सँस्क्रिती तथा नागरिक उड्ययन मन्त्री प्रेम बहादुर आले लगायतको शुभ कामना प्राप्त भएका थिए। सो अवसरमा व्हाइट हाउसका उच्च पदस्थ व्यक्तित्वहरु, बिबिध श्हरकामेअर तथा डेप्युटी मेअर, एन आर एन ए का नेत्रित्व तहका व्यक्तित्वहाँरु लगायत हजारौँको सहभागीता रहेको थियो।

    मूल आयोजक समितिको नेपालमा पर्तिनिधित्व गर्दै सह आयोजक नेपाल विश्व सहयोग संघ ल्ब्न्ऋ का संस्थापक अधक्ष मणी नेपाली पनेरुले काठमान्डौमा पत्रकार सम्मेलन गर्दै परेड बारे प्रचार प्रसार गर्न र सकारात्मक भूमिका खेल्नु भएको थियो। परेड ऐतीहासिक, मनोरन्जक र फलदायी भएको सहभागीहरुले बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र २८ २०७८०२:२५:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend