आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस महामन्त्री विश्वप्रकाशको काँग्रेस गीत ‘चार तरे झण्डा फरर’ सार्वजनिक

कांग्रेस महामन्त्री विश्वप्रकाशको काँग्रेस गीत ‘चार तरे झण्डा फरर’ सार्वजनिक

  • मिडिया डबली
  • आइतवार, चैत्र २७ २०७८

  • 20.5K
    SHARES

  • कांग्रेस महामन्त्री विश्वप्रकाशको काँग्रेस गीत ‘चार तरे झण्डा फरर’ सार्वजनिक
    फाइल तस्वीर

    काठमाडौंँ - स्थानिय निर्वाचन नजिकिर्दै गर्दा विभिन्न गायक गायिकाले आफु आवद्ध तथा नजिकका राजनीतिक पार्टीलाई सघाउने उदेश्यले बिभिन्न गीत संगीत सार्वजनिक गर्न थालेका छन् ।

    यस्तैमा गायिका तथा गीतकार सायत्री थापाले सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल नेपाली काँग्रसलाई निर्वाचनमा सघाउने उदेश्यले काँग्रेस गीत ‘चार तारे झण्डा’ ल्याएकी छन् ।

    गीत शनिबार साँझ आयोजित एक कार्यक्रममा नेपाली काँगेसका महामन्त्री विश्वप्रकाश शर्माले सार्वजनिक गरे ।

    कार्यक्रममा महामन्त्री शर्माले कलाकारको श्रृजना ठुलो बल हुने बताउदै ‘चार तारे झण्डा फरर’ गीतले स्थानिय चुनावमा नेपाली काँग्रेसलाई जिताउन सजिलो हुने बताए ।

    ‘काँगेस गीत बनाएको गीतकार थापालाई धन्यवाद । कलाकारको यस्तै साथ र सपोट भए काँग्रेसले स्थानिय निर्वाचनमा सजिलै जित हासिल गर्छ भन्ने मेरो बिश्वास रहेको छ’ महामन्त्री शर्माले अगाडि थपे ‘गीत तथा साहित्यको बल ठुलो हुन्छ ।’ शर्माले काँग्रेस गीत सबैको मनमनमा बस्ने खालको बनेको बताए ।

    त्यस्तै गायिका तथा गीतकार थापाले नजिकिदै गरेको निर्वाचनमा नेपाली काँग्रेसलाई विजय प्राप्त गर्न सघाउने उदेश्यले गीत बनाएको बताइन् ।

    ‘स्थानिय निर्वाच नजिकिदै गर्दा आफु नजिकको पार्टीलाई जिताउन कलाकारले महत्व पुर्ण भुमिका खेल्नसक्नु पर्छ’ थापाले भनिन् ‘नेपाली काँग्रेसले मात्र देशभर जनताको भलो गर्न सक्छ । त्यो बुझाउन मैले गीत बनाएको हो।’

    आफ्नो गीत मार्फत नेपाली काँग्रेसको महत्व आम नेपालीले बुझ्ने उनको भनाई रहेको छ । गीतले काँग्रेस भन्दा राम्रो पार्टी अन्य नभएको भन्दै मेचिदेखि महाकालीसम्म सबै मिलेर विपिको समाजवादको नारा साकार पार्नुपर्नेमा जोड दिएको छ ।

    गरिवको दुःख हेर्ने, मजदुरको साथ दिने, विकाशको आधार नै काँग्रेस भएको समेत गीतले भनेको छ । गीतमा राम्रो र हाम्रो पार्टी काँग्रेस नै भएको समेत उल्लेख छ । साथदिने सितल दिने सबैको प्यारो रुख, काँग्रेसनै हो सबैको बुझ्ने पिर दुख जस्ता शब्दले पनि गीतमा प्रथामिकता पाएको छ ।

    congress (1).jpg

    लोक, आधुनिक थुप्रै गीतमा शब्द तथा स्वर भरेकी गायिका गायत्रीलाई यो गीत गायनमा कृष्ण काफ्ले र रीता केसीले साथ दिएका छन् ।

    राजकुमार बगरको संगीत रहेको गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । जसमा विजय पुन, रीचा थापा, आरुसी मगर, जर्नादन आचार्य लगायत थुप्रै ब्यक्तिको अभिनय देख्न सकिन्छ ।

    अजय रेग्मीको छायांकन रहेको भिडियोमा नविन घर्तीमगरको सम्पादन छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend