शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images
राजनीतिक बिशेष

रुपन्देहीमा शक्तिशाली बन्यो कांग्रेस, एमालेका विष्णु पौडेल कमजोर बन्दै

रुपन्देहीमा शक्तिशाली बन्यो कांग्रेस, एमालेका विष्णु पौडेल कमजोर बन्दै

  • मिडिया डबली
  • बुधवार, चैत्र २३ २०७८

  • 10.3K
    SHARES

  • रुपन्देहीमा शक्तिशाली बन्यो कांग्रेस, एमालेका विष्णु पौडेल कमजोर बन्दै

    बुटवल - आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू उम्मेदवार छनोटका लागि आन्तरिक तयारीमा जुटेका छन् । सँगसँगै दलहरुबीच चुनावी तालमेलको गृहकार्य पनि भइरहेको छ ।

    अहिलेसम्मको अवस्थामा निर्वाचनमा सत्तारुढ गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । एमालेले एक्लै चुनाव लड्ने दाबी गरे पनि दुई राप्रपासँग तालमेल गर्ने गरी गृहकार्य अघि बढाएको छ । लुम्बिनी प्रदेशको रुपन्देही चर्चित जिल्लामा पर्छ ।

    एमाले नेता विष्णु पौडेल, घनश्याम भुसाल, छविलाल विश्वकर्माका साथै नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँण, भरतप्रसाद शाहको गृहजिल्ला पनि भएकाले सबैले रुपन्देहीलाई आफ्नो प्रतिष्ठा बनाएका छन् । रुपन्देहीमा अहिले एमाले एक्लिएको अवस्था छ ।

    विष्णु पौडेल र घनश्याम भुसालबीच नै बेमेल छ । पार्टी विभाजन भएकाले पनि यसपालि एमालेले सोचेभन्दा खराब नतिजा हात पार्ने बताइएको छ ।

    सत्तारुढ गठबन्धनले यहाँ पनि साझा उम्मेदवारीको तयारी गरेका छन् । एमालेले कोसँग चुनावी तालमेल गर्छ भन्ने प्रस्ट भइसकेको छैन ।

    विगतमा एमालेको बाहुल्यता रहेको यो जिल्लामा एमालेलाई पराजित गर्ने रणनीतिसहित सत्तारुढ गठबन्धन घटकले पालिका तहसम्म संयन्त्र बनाउँदै छन् । यद्यपि कुन पालिकामा कुन पद कुन दललाई दिने भन्नेबारे टुंगो लगाउन सत्तारुढ गठबन्धनलाई सहज छैन ।

    अघिल्लो निर्वाचनको मतलाई आधार मानेर नेपाली कांग्रेस, जसपा नेपाल र माओवादी केन्द्रले विभिन्न स्थानीय तहमा दाबी गरिरहेका छन् भने नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि आफ्नो दाबी छाडेका छैनन् ।

    स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने उद्घोष गरेर सत्तारुढ पाँच दलले रुपन्देही जिल्लाका १६ वटै स्थानीय तहमा संयन्त्र निर्माण गरी गठबन्धनलाई बलियो बनाउने निर्णय गरेका छन् ।

    लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहणी गाउँपालिका, मर्चवारी, कोटहिमाई, गैडहवा यसअघि राजपाले जितेको थियो । यसपटक ती सबै स्थानीय तहमा कांग्रेस बलियो छ ।

    गृहमन्त्री खाँणले आफ्नो भएभरको ताकत त्यहाँ लगाउने बताइन्छ । बुटवल उपमहानगरपालिकामा अघिल्लो निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । यद्यपि एमालेले कांग्रेस–माओवादी गठबन्धनलाई पराजित गरेको थियो ।

    अहिले यहाँ सत्तारुढ गठबन्धनभित्रबाट प्रमुख दाबेदार भनेकै नेपाली कांग्रेस हो । तर यही उपमहानगरपालिकामा एकीकृत समाजवादी र माओवादी केन्द्रले पनि दाबी गरेका छन् । एकीकृत समाजवादीका रुपन्देही जिल्ला अध्यक्ष राजु गुरुङले आफ्नो संगठन यहाँ निर्णायक शक्ति भएको दाबी गर्दै आफ्नो पार्टीबाट उम्मेदवारी दिएको अवस्थामा एमालेको मत धेरै काट्ने दाबी गरे ।

    माओवादी केन्द्रका जिल्ला अध्यक्ष निर्मल क्षेत्रीले बुटवलमा आफूहरूको दाबी रहेको बताए । उनले विगतमा आफूहरूले नेपाली कांग्रेसलाई नै मेयरमा सघाएकाले पनि अहिले आफूहरूले मेयर पाउनुपर्ने दाबी गरे ।

    कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जिल्लामा मतभारको आधार नै पहिलो बन्ने बताउँदै अहिले कुन पालिका कसलाई भन्ने निर्णय नभएको बताए ।

    जसपा नेपालका लुम्बिनी प्रदेशका मुख्यसचिव यज्ञ पोखरेलले जसपाले विगतमा एक नगरपालिकासहित चार गाउँपालिका जितेको र नयाँ अवस्थामा चारवटा स्थानीय तहमा पनि पार्टीको अवस्था सुधार भएको भन्दै ती ठाउँमा आफ्नो पार्टीले दाबी गर्ने बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, कार्तिक १ २०७७०१:५१:५०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend