आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

हिजो एमसीसीको नाम सुन्दा भागेर हिँड्ने अर्थमन्त्री शर्मा अहिले भन्छन्– एमसीसी कार्यान्वयन छिटो गरौं

हिजो एमसीसीको नाम सुन्दा भागेर हिँड्ने अर्थमन्त्री शर्मा अहिले भन्छन्– एमसीसी कार्यान्वयन छिटो गरौं

  • मिडिया डबली
  • मंगलवार, चैत्र २२ २०७८

  • 3.5K
    SHARES

  • हिजो एमसीसीको नाम सुन्दा भागेर हिँड्ने अर्थमन्त्री शर्मा अहिले भन्छन्– एमसीसी कार्यान्वयन छिटो गरौं

    काठमाडौं - कम्युनिस्ट नेताहरू कतिसम्म ढोंगी हुन्छन् भन्ने माओवादी केन्द्रका नेता एवं अर्थमन्त्री जनार्दन शर्माले पुष्टि गरेका छन् ।

    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा पेस गर्ने बेला शर्मा लुकिलुकी हिँडेका थिए ।

    एमसीसी संसदमा पेस गर्न डराएपछि शर्माको ठाउँमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा टेबुल गरेका थिए । त्यसबेला शर्मा श्रीमतीसहित पर्वततिर घुमघाममा थिए ।

    माओवादीभित्रै एमसीसीबारे दुईथरी धारणा रहेकाले भोट घट्ला भन्दै शर्मा भागेर हिँडेका थिए । जब माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अनुमोदन गर्न सहमति गरे त्यसपछि मात्रै शर्मा संसदमा उपस्थित भएर एमसीसीमाथिको छलफलमा सहभागी भएका थिए ।

    सांसदहरूको जवाफको उत्तर दिएका थिए । तर, अहिले यिनै अर्थमन्त्री शर्मालाई एमसीसी चाँडै कार्यान्वयन होस् भन्ने लागेको छ । एमसीसी फिर्ता भएपछि श्रीलंका अहिले जसरी टाट पल्टिएको छ, त्यो दृश्य देखेपछि मन्त्री शर्मा एमसीसीको पक्षमा खुलेर लागेका हुन् ।

    उनले एमसीसीको कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनुपर्ने बताएका छन् । अर्थमन्त्री शर्मा, एमसिसीका डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसिसीको नेपालस्थित राष्ट्रिय निर्देशक (निमित्त) सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासका राजनीतिक विशेषज्ञ रोजी कट्टेलबीच सोमबार भएको भर्चुअल बैठकमा अर्थमन्त्रीले प्रक्रिया छिटो अघि बढाउनुपर्ने बताएका हुन् ।

    संसदबाट अनुमोदन भएपछि एमसिसी र अर्थमन्त्री शर्माबीच पहिलोपटक बैठक भएको हो । बैठकमा अर्थमन्त्री शर्माले परियोजनाको कार्यान्वयन अवधि एक वर्ष बाँकी रहेको देखिएकाले त्यति ढिला गर्न नहुने बताए ।

    ‘एक वर्षे कार्यान्वयन अवधि मेरा लागि धेरै लामो समय भयो । हामी छिटोभन्दा छिटो काम सुरु गर्न चाहन्छौँ । त्यसका लागि एमसिसीले पनि आवश्यक तयारी गरोस् भन्न चाहन्छु,’ उनले भने ।

    छलफलमा अर्थमन्त्रीले एमसिसी अनुमोदन प्रक्रियामा केही समस्या देखिए पनि कार्यान्वयन चरणमा गएपछि कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता पनि जनाए ।

    ‘एमसिसी आर्थिक परियोजना हो र यो चाँडै अगाडि बढ्छ भन्ने कुरामा आमनेपालीलाई विश्वास भइसकेको छ । त्यसैले अब एक वर्षभित्र कार्यान्वयन गर्ने भनेर समय तोक्ने होइन, जतिसक्दो छिटो परियोजना कार्यान्वयन गर्न थाल्नुपर्छ,’ उनले भने ।

    एमसिसी विशुद्ध आर्थिक परियोजना भएको विषयमा सरकार स्पष्ट भए पनि विभिन्न कारणले राजनीतीकरण भएको उनको भनाइ थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ४ २०७८०७:४७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend