आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यस्तो बन्यो उपसभापति खड्काको नेतृत्वमा कांग्रेसको निर्वाचन परिचालन समिति

यस्तो बन्यो उपसभापति खड्काको नेतृत्वमा कांग्रेसको निर्वाचन परिचालन समिति

  • मिडिया डबली
  • बुधवार, चैत्र १६ २०७८

  • 5.9K
    SHARES

  • यस्तो बन्यो उपसभापति खड्काको नेतृत्वमा कांग्रेसको निर्वाचन परिचालन समिति

    काठमाडौं  नेपाली कांग्रेसले ५५ सदस्यीय स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ ।

    बुधबार बसेको समितिको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

    कांग्रेस केन्द्रीय समिति बैठकले मंगलबार उपसभापति पूर्णबहादुर खड्कालाई निर्वाचन परिचालन समितिको संयोजक तोकेको थियो ।

    समितिको बुधबार बसेको पहिलो बैठकले पार्टीका उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य रहेको समिति गठन गरेका हुन् ।

    स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सदस्यमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार, डा. शशांक कोइराला, अर्जुननरसिंह केसी, प्रवक्ता डा.प्रकाशशरण महत, डा. शेखर कोइराला, बालकृष्ण खाँण, पद्मनारायण चौधरी, एनपी साउद, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा, सीता गुरुङ, केशवकुमार बुढाथोकी, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, मोहनबहादुर बस्नेत छन् ।

    यस्तै, अन्य सदस्यमा केन्द्रीय सदस्य ड. डिला संग्रौला, लक्ष्मी परियार, योगेन्द्र चौधरी, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, मधु आचार्य, मदनबहादुर अमात्य, उमेशजंग रायमाझी, उदयशम्शेर राणा, जीतजंग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रंगमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, मञ्जु खाँण, गुरु बराल, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु वाँस्तोला, सीताकुमारी राना र जीवन राना छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन १९ २०७८०७:५६:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend