काठमाडौं - माओवादी केन्द्र छाडेको चार दिन नबित्दै पूर्वसभामुख कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा एमाले प्रवेश गरेका छन् ।
उनीसँगै पत्नी सीता चौधरी पनि एमाले प्रवेश गरेकी छन्। एमाले अध्यक्ष केपी ओलीले शर्मालाई बिहीबार पार्टीमा प्रवेश गराए ।
शर्मा माओवादी घोराही उपमहानगर अध्यक्ष थिए भने पत्नी २०७४ को स्थानीय चुनावमा घोराही उपमहानगरपालिकामा माओवादीबाट उपमेयरमा चुनाव लडेर पराजित भएकी थिइन् ।
कम्युनिष्ट पार्टीको नेतृत्व एमाले मात्रै गर्नसक्ने र माओवादी गैरराजनीतिक चरित्रको भएकाले एमाले रोजेको शर्माले बताए ।
सोमबार दाङ जिल्लामा माओवादीले गरेको जिम्मेवारी बाँडफाँटमा असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने राजीनामा दिएका थिए ।
शर्माको पार्टी परित्यागसँगै दाङ माओवादीमा खैलाबैला मच्चिएको छ । शर्माले माओवादी पार्टी छाड्दा आफू अब स्वतन्त्र बस्ने, तत्काल कुनै पार्टीमा नजाने बताएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।