काठमाडौँ- पछिल्लो समयमा ब्यापक रुचाइएका गायक बिक्रम परियार र गायिका सुनिता बुढा क्षेत्रिको आबाजमा रहेको लोकदोहोरी गीत 'आफै रुनु पर्ने...' छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।
सर्जक प्रकाश दर्नालको शब्दलाइ टपक्क टिपेर संगीतकार किशन गाहा मगरले गीतमा संगीत भरेका छन् । पूर्ण संयोगको संगीत संयोजन रहेको गीतलाई छोटो समयमा नै सर्भाधिक रुचाइएको हो ।
भिडिओमा मोडल बिनोद सुन्दास, अन्जु निरौला, कृष्ण मानन्धरको दर्दनाक अभिनय देख्न सकिन्छ । नेपाली बजारमा छुवाछुतले छुट्नु परेको पिडालाइ समेटेर कथा बनाइएको छ ।
सबि सुन्दासको कथालाई लिएर निर्देशक तथा मोडल बिनोद सुन्दासले नै भिडिओको निर्देशन गरेका छन् । करण चैसिरले छायांकन गरेको भिडिओको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।