आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एसिड पीडितका साथमा नविल बैंक, यसरी बाँड्दैछ सामूहिक सन्देश

एसिड पीडितका साथमा नविल बैंक, यसरी बाँड्दैछ सामूहिक सन्देश

  • मिडिया डबली
  • बुधवार, चैत्र ९ २०७८

  • 3.2K
    SHARES

  • एसिड पीडितका साथमा नविल बैंक, यसरी बाँड्दैछ सामूहिक सन्देश

    काठमाडौँ- साढे तीन वर्षअघि छिमेकीको एसिड र छुरा प्रहारका कारण मृत्युको मुखमा पुगेर पनि फर्किन सफल नवलपुरको कावासोती नगरपालिका–९, डण्डा बजारकी २७ वर्षीया बसन्ती परियारको जिवनीमा आधारित भएर नविल बैंकले सामाजिक सचेतनामुलक अभियान सुरु गरेको छ।

    बसन्तीको आँट, साहस, बहादुरी र आत्मविश्वासलाई साथ दिन नबिल बैंकले यो पहल सुरु गरेको हो । अभियान मार्फत मानिसको सौन्दर्यलाई नयाँ तरिकाले चित्रण गर्ने उदेश्य राखिएको छ।

    भित्री रुपको शक्ति र सामथ्र्यलाई जोड दिने सन्देश सहित सुरु भएको यो अभियान मार्फत नविल बैंकले एसिड आक्रमणको अँध्यारो र उज्यालो दुवै पक्षलाई उजागर गर्ने प्रयास गर्दैछ । अभियानको सुरुवात गर्न बैंकले बसन्तीलाई चित्रण गर्ने सचेतनामूलक भिडियो सामग्री ‘बसन्ती’ पनि तयार गरेको छ। उक्त भिडियो सामग्री मंगलबार सार्वजनिक भएको छ।

    सो क्रममा नेपालमा एसिड आक्रमणको विषयमा बहस पनि राखिएको थियो। बाल्यकालबाटै मोडल बन्ने सपना बोकेकी बसन्तीको एसिड आक्रमका कारण तुहिनै लागेको सपना पूरा गर्न नविल वैंकले मद्दत गरेको छ।

    ‘एसिड आक्रमणबाट बाँच्न सफल उनि अब एउटा पिडितको रुपमा होइन बहादुरी जीवनयापकको रुपमा आफ्नो पहिचान बनाउन चाहन्छिन्’ बैंकका बैंकका सिइओ अनिल केशरी शाहले भने–‘विगतका पिडाहरुलाई भुल्न नसके पनि बसन्ती ती पिडाहरु विरुद्ध लड्ने आँट भएकी प्रेरणादायक महिलाको रुपमा अघी बढीरहेकी छिन् ।’

    अभियनाकै क्रममा बैंकले फागुन २२ गते विभिन्न क्षेत्रका विज्ञहरूलाई प्यानल राखेर छलफलको आयोजना पनि गरेको थियो । वरिष्ठ सामाजिक अभियान्ता उज्वल थापा, संचारकर्मी आरती चटौत, वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा सिंह र डा. रोजिना सिल्पकार सहितको प्यानल छलफलमा एसिड आक्रमण र समाजका विविध पाटोहरुका सवाल उठान गरिएको थियो ।

    प्यानल छलफलमा समावेश विभिन्न क्षेत्रका विज्ञहरूसँग नेपालमा एसिड आक्रमणविरुद्धका कानुनहरू, एसिड आक्रमणका घटनाहरूको विगत÷वर्तमान परिदृश्य, एसिड आक्रमण पीडितहरूका लागि उपलब्ध चिकित्सा हेरचाह÷सहयोग सम्बन्धी विषयमा छलफल भएको थियो ।

    एसिड आक्रमण पीडितहरूमा आत्मविश्वास बढाउँन र एसिड आक्रमणको बारेमा आम जागरूकता बढाउन छलफलले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

    सिइओ शाह भन्छन्–‘बसन्ती मोडेल मात्र होइनन्, प्रेरणादायी पात्र हुन् भन्ने सन्देशसहितको नबिलको यो अभियानले एसिड आक्रमण जस्ता आपराधको अन्त्यका लागि एक सामूहिक सन्देश दिन खोजेको छ । यो सन्देशमुलक अभियान आगामी दिनमा पनि जारी रहनेछ ।’

    basanti (1).jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, चैत्र ९ २०७८०९:२३:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend