आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महराका स्वकीय सचिव शर्माले छाडे माओवादी केन्द्र, दाङमा तनाब !

महराका स्वकीय सचिव शर्माले छाडे माओवादी केन्द्र, दाङमा तनाब !

  • मिडिया डबली
  • मंगलवार, चैत्र ८ २०७८

  • 5.0K
    SHARES

  • महराका स्वकीय सचिव शर्माले छाडे माओवादी केन्द्र, दाङमा तनाब !

    काठमाडौं - स्थानीय तहको निर्वाचनअघि माओवादी केन्द्रले एकपछि अर्को धक्का बेहोर्दै आएको छ । उसका एक से एक नेताले पार्टी छाडेका छन् ।

    यसैक्रममा पूर्वसभामुख एवं माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्याग गरेका छन्।

    उनले मंगलबार बिहान पार्टीको साधारण सदस्यसमेत नरहने गरी पद त्यागेको घोषणा गरेका छन् । उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु ।’

    उनले अबदेखि एक स्वतन्त्र नागरिकको रूपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्ने बताएका छन् । उनी माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष पनि हुन् ।

    सोमबार बसेको माओवादी केन्द्र दाङको बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँट गरेको थियो । बैठकले जिल्ला सचिवमा विश्वराज आचार्यलाई चयन गरेको छ ।

    जिल्ला संयोजकको जिम्मेवारी यसअघि नै तुलसीराम पुनले पाइसकेका थिए । बैठकले निर्वाचन क्षेत्र र पालिकाहरुमा पनि नेताहरूको जिम्मेवारी तोकेको छ ।

    जसअनुसार घोराही उपमहानगर कमिटी इञ्चार्जको जिम्मा महराका छोरा निर्मल महराले पाएका छन् । प्रमोद शर्मा भने सोही कमिटीको अध्यक्षमा यथावत छन् ।

    Pramod-facebook-status.jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १० २०७८०४:०३:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend