काठमाडौं - अब नेपालमै इटालियन स्वादको वाइन ‘जिमी गोसे’ पाइने भएको छ ।
जिमी ग्रुप प्रालिले नयाँ ब्रान्डको वाइन सोमबारदेखि नेपाली बजारमा ल्याएको कम्पनीका कार्यकारी निर्देशक जीवन चलाउनेले जानकारी दिए ।
कम्पनीले अंगुरबाट बनेको उच्च गुणस्तर स्वाद र सुगन्धसहितको ‘रेड’ र ‘ह्वाइट’ दुवैथरीको वाइन नेपाली बजारमा भित्र्याएको हो । ७५० एमएलको बोतलमा रहेको उक्त वाइनमा १३ प्रतिशत अल्कोहल रहेको पनि कम्पनीले जनाएको छ ।
अन्तर्राष्ट्रिय गुणस्तरसहितको स्वाद रहेको उक्त वाइन उच्चतम प्रविधिको प्रयोग गरी उत्पादन गरिएको कम्पनीले जनाएको छ ।
गुणस्तरीय वाइन भएकाले नेपाली उपभोक्तामा राम्रो छाप छोड्न सक्ने अपेक्षा लिएको मस्टा ग्रुपका प्रबन्ध निर्देशक जगतबहादुर धामीले बताए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।