आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस प्रवक्ता महतले भने– जो उठ्दा बढी मत आउँछ र जितिन्छ उसैलाई टिकट दिइन्छ

कांग्रेस प्रवक्ता महतले भने– जो उठ्दा बढी मत आउँछ र जितिन्छ उसैलाई टिकट दिइन्छ

  • मिडिया डबली
  • आइतवार, चैत्र ६ २०७८

  • 7.2K
    SHARES

  • कांग्रेस प्रवक्ता महतले भने– जो उठ्दा बढी मत आउँछ र जितिन्छ उसैलाई टिकट दिइन्छ

    काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता डा: प्रकाशशरण महतले चैतभित्र स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवारहरूको टुंगो लगाइने बताएका छन् ।

    उम्मेदवारहरूको टुंगो लगाउन केन्द्रदेखि पालिका तहसम्मै संसदीय समितिको व्यवस्था विधानमै रहेको र समितिले उम्मेवदार टुंगो लगाउन ढिला नगर्ने बताए ।

    ‘अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति यसपटक रहँदैन । निर्णय गर्ने प्रक्रिया पनि विभिन्न तहमा विकेन्द्रित छ । चैत्रभित्रै टुंगो लगाउने कोसिस गर्छौं’, प्रेस युनियन सल्यानले आइतबार बिहान गरेको पत्रकार सम्मेलनमा उनले भने । उम्मेदवार छनोटबारे तल्लो तहमा नटुंगिएको विवाद भने केन्द्रले टुंगो लगाउने पनि बताए ।

    तर, सर्वसम्मत रूपमा राम्रा मान्छेलाई उम्मेदवार बनाउन आग्रह गरे । उनले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भए केन्द्रले हेर्न सक्ने पनि बताए ।

    ‘जुन तहको हो उम्मेद्वारी हो, त्यही टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ,’ उनले भने । नेपाली कांग्रेसले आरम्भ गरेको ‘घरघर जाऔं नेपाली कांग्रेसलाई जिताऔं’ भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसँग जोड्न पनि पार्टीका हरेक तहका नेता तथा कार्यकर्तालाई उनले आग्रह गरे ।

    महतले स्थानीय तहको उम्मेद्वारीको सामान्य मापदण्ड पनि सार्वजनिक गरे । उनले निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य हुने भएकाले जो उठाउँदा बढी मत आउँछ त्यसैलाई प्राथमिकता दिएर उम्मेद्वारी तय गर्न उपयुक्त हुने बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण १९ २०७७०७:१६:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend