काठमाडौं - कांग्रेस सिन्धुपाल्चोक सभापतिको निर्वाचन प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेको छ ।
विधानअनुसार सभापतिमा निर्वाचित हुन सभापतिका तीन उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत पुर्याउन नसक्दा निर्वाचन प्रक्रिया दोस्रो चरणमा प्रवेश गरेको हो ।
शनिबार मध्यरातमा आएको मतपरिणामअनुसार संस्थापन पक्षका जंगबहादुर तामाङले सात सय पाँच मत प्राप्त गरे । कोइराला पक्षका वंशलाल तामाङले ६ सय २९ र संस्थापन पक्षकै डा.प्रेमध्वज लामाले चार सय ९३ मत ल्याए । ४० मत बदर भएको छ ।
निर्वाचनमा १८ सय २७ मत खसेको थियो । मत परिणामले संस्थापन पक्ष बलियो रहेको पुष्टि गरेको छ । तर, कांग्रेस सभापतिमा लड्न त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापकबाट राजीनामा दिएर मैदानमा आएका प्रेमध्वजले संस्थापन पक्षको आधिकारिक टिकट पाएनन् ।
त्यसैले दोस्रो चरणमा प्रेमध्वजले कसलाई समर्थन गर्छन् ? निश्चित छैन । दोस्रो चरणको मतदान आज बिहान ११ बजेबाट सुरु हुने भएको छ
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।