काठमाडौं - दुई हप्ता अगाडि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राज्यमन्त्री उमेश श्रेष्ठ गम्भीर चिन्तामा देखिए ।
आफूलाई भेट्न आएका सबैसँग उनको एउटै चिन्ता हुन्थ्यो– देशको आर्थिक अवस्था डामाडोल भो । बैंक तथा वित्तीय संस्था धराशयी बन्ने बाटोमा हिँडेका छन् । देशको अर्थतन्त्रको जिम्मा लिएको नेतृत्व गतिलो भएन भने देश नै टाट पल्टिने खतरा हुन्छ ।
ठीक त्यति नै बेला अर्थमन्त्री जनार्दन शर्मा भने अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभामा प्रस्ताव गर्नुपर्ला भनेर पर्वततिर श्रीमतीसहित घुमघाममा थिए ।
उनी गुप्तेश्वर महादेश मन्दिरको दर्शन गर्दै स्काई क्याफेमा रमाइरहेका थिए । बजारमा तरलता अभाव, राज्यकोषको ढुकुटी रित्तिँदै गएको पाइएपछि राज्यमन्त्री शर्माले मुख्यसचिव शंकरदास वैरागी, राष्ट्र बैंकका प्रतिनिधि, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत, उद्योगी व्यवसायीहरूसँग नेपालको अर्थतन्त्रको अवस्थाबारे छलफल नै गरे ।
जसमा कसरी देशको अर्थतन्त्र उकास्ने भन्ने विषयमा छलफल भएको थियो । यतिबेला बैंक तथा वित्तीय संस्थाले ऋणीले मागे जति कर्जा दिन सक्दैनन् । वाणिज्य बैंकहरूसँग लगानी गर्न पैसा नै छैन ।
सेयर बजार तीव्र ओरालो लागिरहेको छ । विकासका काम ठप्प छन् । तर अर्थमन्त्री शर्मा भने गम्भी देखिएका छैनन् । देशको यस्तो अवस्था अहिलेसम्म उत्पन्न भएको थिएन ।
त्यसैले शर्मालाई अहिलेसम्मकै कमजोर अर्थमन्त्री भनेर अर्थविद्हरूले टिप्पणी गरेका छन् । शर्माले देशको अर्थतन्त्रलाई लिएर एकपटक पनि अन्तरक्रिया गरेका छैनन् ।
कसैसँग छलफल गरेका छैनन् । उनको पालामा वैदेशिक लगानी पनि न्यून छ । अर्थसम्बन्धी शून्य ज्ञानले पनि शर्मा कमजोर अर्थमन्त्री ठहरिएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।